गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु दुई करोड ५० लाख ५८ हजार राजस्व सङ्कलन गरेको हो ।
साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरुबाट रु एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।
सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा रु दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उनले बताए । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति रु एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार प्रवेश शुल्क लिने गरिएको उनको भनाइ छ ।
यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: