Ntc summer Offer
Khabar Dabali ३१ असार २०८२ मंगलवार | 15th July, 2025 Tue
Investment bank

चितवनमा सैतीस हजार बालबालिकालाई आइपिभी खोप

खबरडबली संवाददाता

चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकालाई सहभागी गराइने भएको छ । 

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयरा दवाडीका अनुसार उनीहरुलाई पाँच सय १० खोप केन्द्रबाट खोप दिन लागिएको हो । अभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय २३ स्वयंसेविका परिचालन गरिनेछ । विसं २०७३ वैशाखदेखि २०७५ साल आसोजसम्म जन्मिएका बालबालिकालाई खोप दिइने छ । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमा इलाइटिसविरुद्ध यो खोप दिन लागिएको हो । 

यस अभियानमा भरतपुर महानगरपालिकामा १९ हजार दुई सय ९४ बालबालिकालाई यो खोप दिइँदै छ । यस्तै, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ६१, कालिका नगरपालिकाका दुई हजार तीन सय ३४, माडी नगरपालिकाका दुई हजार एक सय २९ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ बालबालिकालाई खोप दिन लागिएको दवाडीले बताए । 

जिल्लाका हरेक विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने जनाइएको छ । विद्यालयबाहिर रहेका बालबालिकाका लागि सो दिन विद्यालयमा ल्याएर वा भोलिपल्ट स्वास्थ्य संस्थामा ल्याएर खोप दिइने उनले जानकारी दिए । 

कार्यालयका प्रमुख दिनेश रुपाखेतीले यो खोपले बालबालिकाको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपर्ने हुँदा ढुक्क भएर प्रयोग गर्न आग्रह गरे । नेपालमा अहिले पोलियोको समस्या नदेखिएको भन्दै उनले देश पोलियोसँगको अन्तिम लडाइँमा रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो ।  ...

अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन व...

नवलपुरको कावासोतीमा करेन्ट लागेर एककाे मृत्यु

नवलपुर । नवलपुरको कावासोती नगरपालिका– ३ मा निर्माणाधीन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी क...

पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएक...

नमुना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं...

३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक

फिक्कल  ।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । ...

बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ

मकवानपुरगढी । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रद...

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

बाँके । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्ब...

बाजुरामा बुढीगंगा नदीले बगाएर एकजनाको मृत्यु

बाजुरा । बुढीगंगा नदीले बगाउँदा सोमबार एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका जिल्...

काेशी प्रदेशमा लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे

विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending