काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन् ।
काठमाडौंमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उनले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे । “दलहरुबीच कतिपय मुद्दामा सहमतिबाट निकास निकाल्न जरुरी छ, एक–दुई दलले चाहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा हुँदैन, सबैको सहमति चाहिन्छ,” उनले भने ।
आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताए । विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गरे ।
अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दलका नेताहरुकै कारण शान्ति प्रक्रियाले पूर्णता नपाएको बताए । अधिकारकर्मी एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेताहरुले सत्य बताउन नसक्दा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको धारणा व्यक्त गरे । उनले शान्ति प्रक्रियालाई पूरा गर्न कुनै पनि राजनीतिक दल इच्छुक नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - २०:४२
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाक...
फाल्गुन २९ गते, २०८१ - २०:३२
काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...
फाल्गुन २९ गते, २०८१ - २०:२६
भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...
फाल्गुन २९ गते, २०८१ - १९:५६
उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...
फाल्गुन २९ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...
फाल्गुन २९ गते, २०८१ - १९:४५
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...
फाल्गुन २९ गते, २०८१ - १९:४२
काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...
फाल्गुन २९ गते, २०८१ - १९:३९
काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...
फाल्गुन २९ गते, २०८१ - १९:३१
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...
फाल्गुन २९ गते, २०८१ - १९:२६
पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...
प्रतिकृया लेख्नुहोस्: