Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीयका दूतको आह्वान

खबरडबली संवाददाता

एजेन्सी । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन : वार्तासुरु गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै  सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गरे । 

तुरुन्तै वार्ता पुनःसुरु नभए राफाहका सङ्कटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनीय अवस्थाका बन्धक तथा गाजा पट्टीकिनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उनले बताए । दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उनले उल्लेख  गरे । 

“गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबिचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को बिनाशको सामना गर्नुपरेको  उनको भनाइ छ । यसैक्रममा वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको सम्झौता कार्यान्वयन समर्थन गर्ने आफ्नो इच्छालाई दोहोर्‍याए । 

मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धाभ्यास तीव्र भएपछि राफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गरेका छन् । उनले राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसलगायत  अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट सङ्केतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाएका थिए । 

राफाह र गाजाको जीवन बचाउन तत्काल सम्बोधन गर्नु प्राथमिकता हुनुपर्ने बताउदै उनले महासचिवको मानवीय युद्धविरामको आह्वानलाई पुनःताजकी गरे । यसै क्रममा तत्काल खतराले द्वन्द्वको समाधान गरी दीर्घकालीन शान्ति स्थिरताका लागि सम्भाव्यतालाई निम्त्याउने जोखिमको दृष्टि गुमाउनु नहुने उनले बताए । 

गाजामा युद्धविराम असफल भई रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाउने जोखिम बढेकोमा उनले चिन्ता व्यक्त गरे । सात महिना  लामो विनाश र दुःखले सत्यलाई बलियो बनाएको  बताउँदै प्यालेस्टिनी र इजरायलीले द्वन्द्व अन्त्य गरी दीगो शान्ति स्थापना गर्न व्यावहारिक राजनीतिक साझेदारी स्थापना गर्न अब पर्खन नसकिने उनले उल्लेख गरे । 

दिनहुँको निष्क्रियताले घातक परिणामको अवस्था आएकोले अब प्यालेस्टिनी, इजरायली सुन्दर भविष्यको जग बसाल्ने समय  आएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy