काभ्रेपलाञ्चोक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम बजारको माग र आवश्यकका आधारमा जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आज आयोजित स्थानीय रोजगार केन्द्र तथा दिगो कार्यका लागि परामर्शदाता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रमलाई निरन्तरता दिई आउँदो आर्थिक वर्षमा थप उत्साहपूर्वकरुपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।
“प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन हुनसक्छ, हामी भइरहेका कामबाट सिक्दै थप प्रभावकारी बनाउन मोडालिटी परिमार्जन लागेका छौँ”, मन्त्री अर्यालले भने । उनले प्रम रोजगार कार्यक्रम केन्द्रीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको साझा कार्यक्रम भएको बताए । उनले भने, “यो साझा कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा सहभागी हुन जाहने नागरिकलाई उनीहरुको इच्छा अनुसारको काममा छनोट गर्न दिई लगाउनुपर्छ ।”
मन्त्री अर्यालले देशमा उपलब्ध स्रोत साधनको पूर्णरुपमा उपयोग गरी भएका स्रोतलाई त्यसै खेर फालेर नयाँको खोजीमा मात्रै लाग्दा उपलब्धि प्राप्तिमा कठिनाइ हुने बताए । स्थानीय तहका सरकारलाई उनले आग्रह गरे, “सीप–रोजगारसँग जोडिएका कार्यक्रमको बारे प्रचारप्रसार गरेर अधिकतम सहभागितामा ध्यान दिनुहोस् ।” कार्यक्रमअन्तर्गत कतिमा स्वरोजगार सिर्जना भयो भन्नेबारे तथ्याङ्क राख्नसमेत उनले रोजगार सेवा केन्द्रलाई आग्रह गरे ।
कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रम सोचेअनुसार हुन नसकेको दुःखेसो पोख्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्वरोजगारमुखी बनाउन सके निरन्तरता पाउने बताए । उनले वर्षमा कम्तीमा सय दिन रोजगारी दिनुपर्ने भए पनि ५३ दिनभन्दा बढी रोजगारी बताए ।
सो अवसरमा नगर उपप्रमुख गीता बञ्जारा, बनेपा नगर उपप्रमुख विमला सापकोटा, पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापालगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जित गरी फरक ढङ्गबाट सञ्चालन गर स्वरोजगारमूलक बनाउनुपर्नेमा जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...
पौष ६ गते, २०८२ - १७:४५
कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...




प्रतिकृया लेख्नुहोस्: