Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

प्रधानमन्त्री रोजगार कार्यक्रम जनशक्ति उत्पादनमा केन्द्रित: मन्त्री अर्याल

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम बजारको माग र आवश्यकका आधारमा जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताएका छन् । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आज आयोजित स्थानीय रोजगार केन्द्र तथा दिगो कार्यका लागि परामर्शदाता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रमलाई निरन्तरता दिई आउँदो आर्थिक वर्षमा थप उत्साहपूर्वकरुपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । 

“प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन हुनसक्छ, हामी भइरहेका कामबाट सिक्दै थप प्रभावकारी बनाउन मोडालिटी परिमार्जन लागेका छौँ”, मन्त्री अर्यालले भने । उनले प्रम रोजगार कार्यक्रम केन्द्रीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको साझा कार्यक्रम भएको बताए । उनले भने, “यो साझा कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा सहभागी हुन जाहने नागरिकलाई उनीहरुको इच्छा अनुसारको काममा छनोट गर्न दिई लगाउनुपर्छ ।”

मन्त्री अर्यालले देशमा उपलब्ध स्रोत साधनको पूर्णरुपमा उपयोग गरी भएका स्रोतलाई त्यसै खेर फालेर नयाँको खोजीमा मात्रै लाग्दा उपलब्धि प्राप्तिमा कठिनाइ हुने बताए । स्थानीय तहका सरकारलाई उनले आग्रह गरे, “सीप–रोजगारसँग जोडिएका कार्यक्रमको बारे प्रचारप्रसार गरेर अधिकतम सहभागितामा ध्यान दिनुहोस् ।” कार्यक्रमअन्तर्गत कतिमा स्वरोजगार सिर्जना भयो भन्नेबारे तथ्याङ्क राख्नसमेत उनले रोजगार सेवा केन्द्रलाई आग्रह गरे । 

कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रम सोचेअनुसार हुन नसकेको दुःखेसो पोख्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्वरोजगारमुखी बनाउन सके निरन्तरता पाउने बताए । उनले वर्षमा कम्तीमा सय दिन रोजगारी दिनुपर्ने भए पनि ५३ दिनभन्दा बढी रोजगारी बताए । 

सो अवसरमा नगर उपप्रमुख गीता बञ्जारा, बनेपा नगर उपप्रमुख विमला सापकोटा, पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापालगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जित गरी फरक ढङ्गबाट सञ्चालन गर स्वरोजगारमूलक बनाउनुपर्नेमा जोड दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending