जनकपुरधाम । नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ ।
जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन अवाले जानकारी दिए ।
यसअघि प्रहरीले आज बिहान ११ बजे उनलाई जिल्ला अदालतमा उपस्थित गरी पाँच दिनको समय माग गरेको थियो । अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मङ्गलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।
लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि आज बिहान जनकपुर ल्याइपुर्याइएको थियो ।
अध्यक्ष सिरोहियाको दोहोरो तथा कीर्ते नागरिकता रहेको भन्ने विषयमा छानबिन गर्न सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । सो उजुरीमा फरक फरक नम्बरका नागरिकता प्रयोग गरिरहको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुर छानबिन गर्न माग गरिएको थियो ।
सोही उजुरीका आधारमा अध्यक्ष सिरोहियामाथि अनुसन्धान तथा छानबिन गर्न जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी आदेश दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: