एजेन्सी । अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलङ्काको प्रिमियर लिग (एलपिएल) मा एक टि–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो ।
प्रहरी र अध्यागमन अधिकारीहरूका अनुसार उनलाई म्याच फिक्सिङको आशङ्कामा हिरासतमा राख्न अदालतको आदेशपछि पक्राउ गरिएको थियो । रहमानलाई थप अनुसन्धानका लागि मे ३१ सम्म हिरासतमा राखिएको छ ।
म्याच फिक्सिङ र सट्टेबाजी गर्ने प्रयाससँग सम्बन्धित खेलकुद ऐनको दुई प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको थियो । खेलकुदमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने विशेष प्रहरी एकाइले चार वर्षअघि सुरु भएको एलपिएल प्रतियोगिताका कुनै अधिकारीलाई पहिलो पटक पक्राउ गरेको हो ।
खेलकुद ऐनअन्तर्गत दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्छन् । मङ्गलबार रहमानको दाम्बुला टिमले २४ खेलाडी किन्नका लागि चार लाख ५० हजार डलर खर्च गरेको थियो । यसमा विदेशी खेलाडी अफगानिस्तानका अलराउन्डर करिम जनात पनि थिए । उनको मूल्य ८० हजार डलर थियो ।
पाँच टिम संलग्न एलपिएल प्रतियोगिता जुलाई १ देखि सुरु हुनेछ र जुलाई २१ मा फाइनल खेल हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: