एजेन्सी । दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।
राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताए । युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताए । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उनले बताए ।
“आगामी शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्नेछ,” किमले भने । तीन देशका नेताहरूले अन्तिम पटक २०१९ मा भेट गरेका थिए । कोरियाली प्रायद्वीपमा जापानको १९१०–१९४५ सम्मको शासनलाई लिएर जापान र दक्षिण कोरियाबीच कानुनी विवाद जारी छ ।
तर आणविक हतियारधारी प्योङयाङले निम्त्याएको बढ्दो खतराका कारण दक्षिण कोरियाका युनले लामो समयदेखि सहयोगी रहेको वासिङ्टनसँगको सम्बन्धलाई बलियो बनाउँदै जापानसँगको ऐतिहासिक वैमन्स्यता अन्त्य गर्न अघि सरेका छन् ।
गत वर्ष अगस्टमा संयुक्त राज्य अमेरिकाको क्याम्प डेभिडमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि सियोल, टोकियो र वासिङ्टनले घनिष्ठ त्रि–पक्षीय सुरक्षा सहयोगको ‘नयाँ अध्याय’ घोषणा गरेका थिए । त्यस समय शिखर सम्मेलनमा तीन सहयोगीहरूले दक्षिण चीन सागरमा चीनको ‘आक्रामक व्यवहार’ बारे गरेको आलोचनालाई लिएर बेइजिङले उजुरी दर्ता गरेको थियो ।
नयाँ त्रिपक्षीय शिखर सम्मेलनको बिहीबारको घोषणा बेइजिङले दक्षिण कोरियाली र जापानी कूटनीतिज्ञहरूलाई ‘ताइवानका बारेमा मुद्दाहरू’ छलफल गर्न बोलाएको एकदिन पछि आएको हो । सियोलको योन्हाप समाचार एजेन्सीका अनुसार सोमबार ताइवानका राष्ट्रपति लाइ चिङ–टे को उद्घाटनमा दक्षिण कोरियाली सांसद र सियोलका प्रतिनिधिको ताइपेईमा उपस्थितिको चीनले निन्दा गरेको छ ।
सियोलको विदेश मन्त्रालयले बिहीबार दक्षिण कोरियाको ‘एक चीन नीतिलाई सम्मान गर्ने’ स्थितिमा ‘कुनै परिवर्तन नभएको’ बताएको छ । “हाम्रो सरकारले ताइवानको मुद्दामा चीनसँग पनि कुराकानी गरिरहेको छ, चीन हाम्रो सरकारको स्थितिसँग अवगत छ हामीलाई लाग्छ,” विदेश मन्त्रालयका प्रवक्ता लिम सू–सुकले पत्रकारहरूलाई बताए ।
चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर यो उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक लाभार्थी र कूटनीतिक सहयोगी बनेको छ । आगामी शिखर सम्मेलनले मार्च २०२३ मा चीनको प्रधानमन्त्रीको पदभार सम्हालेपछि लीको पहिलो दक्षिण कोरिया भ्रमणलाई चिह्नित गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: