Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

चीन, दक्षिण कोरिया र जापानले पाँच बर्षपछि पहिलो पटक एकै स्थानमा

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ । 

राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताए । युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताए । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उनले बताए । 

“आगामी शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्नेछ,” किमले भने । तीन देशका नेताहरूले अन्तिम पटक २०१९ मा भेट गरेका थिए । कोरियाली प्रायद्वीपमा जापानको १९१०–१९४५ सम्मको शासनलाई लिएर जापान र दक्षिण कोरियाबीच कानुनी विवाद जारी छ । 

तर आणविक हतियारधारी प्योङयाङले निम्त्याएको बढ्दो खतराका कारण दक्षिण कोरियाका युनले लामो समयदेखि सहयोगी रहेको वासिङ्टनसँगको सम्बन्धलाई बलियो बनाउँदै जापानसँगको ऐतिहासिक वैमन्स्यता अन्त्य गर्न अघि सरेका छन् । 

गत वर्ष अगस्टमा संयुक्त राज्य अमेरिकाको क्याम्प डेभिडमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि सियोल, टोकियो र वासिङ्टनले घनिष्ठ त्रि–पक्षीय सुरक्षा सहयोगको ‘नयाँ अध्याय’ घोषणा गरेका थिए । त्यस समय शिखर सम्मेलनमा तीन सहयोगीहरूले दक्षिण चीन सागरमा चीनको ‘आक्रामक व्यवहार’ बारे गरेको आलोचनालाई लिएर बेइजिङले उजुरी दर्ता गरेको थियो । 

नयाँ त्रिपक्षीय शिखर सम्मेलनको बिहीबारको घोषणा बेइजिङले दक्षिण कोरियाली र जापानी कूटनीतिज्ञहरूलाई ‘ताइवानका बारेमा मुद्दाहरू’ छलफल गर्न बोलाएको एकदिन पछि आएको हो । सियोलको योन्हाप समाचार एजेन्सीका अनुसार सोमबार ताइवानका राष्ट्रपति लाइ चिङ–टे को उद्घाटनमा दक्षिण कोरियाली सांसद र सियोलका प्रतिनिधिको ताइपेईमा उपस्थितिको चीनले निन्दा गरेको छ ।

सियोलको विदेश मन्त्रालयले बिहीबार दक्षिण कोरियाको ‘एक चीन नीतिलाई सम्मान गर्ने’ स्थितिमा ‘कुनै परिवर्तन नभएको’ बताएको छ । “हाम्रो सरकारले ताइवानको मुद्दामा चीनसँग पनि कुराकानी गरिरहेको छ, चीन हाम्रो सरकारको स्थितिसँग अवगत छ हामीलाई लाग्छ,” विदेश मन्त्रालयका प्रवक्ता लिम सू–सुकले पत्रकारहरूलाई बताए । 

चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर यो उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक लाभार्थी र कूटनीतिक सहयोगी बनेको छ । आगामी शिखर सम्मेलनले मार्च २०२३ मा चीनको प्रधानमन्त्रीको पदभार सम्हालेपछि लीको पहिलो दक्षिण कोरिया भ्रमणलाई चिह्नित गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy