Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै

खबरडबली संवाददाता

सुदूरपश्चिम । कैलालीको मध्य क्षेत्र घोडाघोडी र पहलमानपुर क्षेत्रका किसान ‘आलुचिप्स’ बनाउन उपयुक्त हुने जातको आलु खेती गरेर आम्दानी वृद्धि गर्न थालेका छन् । उत्पादित यो आलु बिक्री गर्न बजारको समस्या नभई उचित मूल्य पनि पाउन थालेपछि किसान यो खेती गरेर आम्दानी वृद्धि गर्न थालेका हुन् । यो जातको आलुको खेतीमा चार हजारभन्दा बढी कृषक संलग्न छन् । 

पहलमानपुरका कृषक शेरबहादुर चौधरीले आफूले पाँच कठ्ठा जग्गामा गरेको आलुखेतीबाट झण्डै २८ क्वीन्टल आलु उत्पादन भएको बताए । उनले भने, “प्रत्येक घरपरिवारले कम्तीमा पाँचदेखि बढीमा दुई बिघासम्मको जग्गामा यो जातको आलुखेती गर्ने गरेका छन् । आलु उत्पादन बढ्दा सीमा नाकाबाट भित्रिने आलुको परिमाण घट्दै गएको छ ।”

आलुको चिप्स बनाउन इन्नोभेटर र सजिता जातको आलु उपयुक्त हुने गरेको बताइएको छ । उत्पादित आलु बिक्रीका लागि बुटवलमा रहेको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग कृषकले सम्झौता गरेका छन् । भारतको लुधियानाबाट यो आलुको बीउ आयात गर्ने गरिएको छ । बीउका लागि सरकारले किसानलाई ५० प्रतिशत अनुदानको सहयोग उपलब्ध गराएको छ । 

किसान रामबहादुर रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताए । यसका लागि चाहिने बीउ सोही कम्पनीको समन्वयमा भारतको लुधियानाबाट आयात गरिएको थियो । 

हिँउदेयाममा गरिने यो आलुखेतीमा क्रान्ति ल्याउन आलुबारीमा किसानले हरियो झण्डा टाँग्ने गरेका छन् । रावतले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको पहिचानका साथै आलु खेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराउने गरिएको बताए । 

घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र बनाइएको छ । यो गाउँमा मात्रै आलु खेती क्षेत्र विस्तार भई हिउँदेयाममा ८० बिघा क्षेत्रफल पुगेको बताइएको छ । आलु उत्पादनको पकेट क्षेत्र बनाइएपछि विगतका वर्षमा गहुँ र मसुरो खेती गरिँदै आएको खेतमा आलु खेती गर्ने गरिएको छ । 

एक्लैले आठ बिघामा आलुखेती गरेका रावतले भने, “आलु खेतीमा क्रान्ती ल्याउने गरी लागेका छौँ । यसबाहेक खायन आलु र बीउ आलुका लागि थप जग्गामा आलु खेती गर्ने गरिएको छ ।”

चालु वर्षमा सो क्षेत्रको आलु खेतीका लागि प्रदेश सरकारबाट रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको बताइएको छ । आलुको व्यावसायिक खेती बढ्दै जाँदा भारतबाट आलुको आयात परिमाण घट्दै गएको किसानको भनाइ छ । समन्वय समितिका उपाध्यक्ष खडक बुढाले चिप्स उत्पादन गर्ने कम्पनीले उत्पादित आलु खरिद गरिदिने सम्झौता गर्दा किसानमा आलु खेती गर्न उत्साह जागेको बताए । 

यसवर्ष १० कठ्ठा जग्गामा आलुखेती गरेका उनले  भने, “धान र गहुँ खेती गर्दा हुने आम्दानीको तुलनामा बढी आम्दानी हुने देखिएपछि किसान आलु खेतीमा लागेका छन् ।” कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले यस वर्ष जिल्लामा पहलमानपुर र सुख्खडमा पहिलो पटक ठूलो क्षेत्रफलमा आलु खेती गरिएको बताए । 

शर्माले भने, “यो कार्यक्रम सफल भएमा तीन वर्षसम्म कार्यक्रममा समेटिएका किसानलाई बीउविजन र अन्य सामग्रीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने प्रदेश सरकारको नीति छ ।”

चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लाभरी छ हजार हेक्टरमा आलु खेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलु खेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विषेश पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । किसानले खायनका लागि यो रैथाने जातको थारु आलुको खेती पनि गर्ने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ब...

गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...

डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  गएराती मृत्यु भएका कीर्तिप...

माओवादी केन्द्रको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।  ...

ताप्लेजुङमा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...

देशभर विपदमा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...

कास्कीमा विपदका घटनामा परेर १४ जनाको मृत्यु

कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।  यसबिचमा जिल्लामा बाढीपहिर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy