Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध: उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक समानता, पारस्पारिक लाभ र सम्मानका आधारमा दिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्दै आएको बताएका छन् । 

नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान तथा सक्रिय उपस्थितिका साथ राष्ट्रिय हितको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिदै आएको उल्लेख गरे । 

उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक सम्बन्ध विस्तार मलुकको राष्ट्रिय हित प्रवर्द्धन र परराष्ट्र नीतिको सफल कार्यान्वयनमा परराष्ट्र सेवाको अहम् जिम्मेवारी रहेको बताए । साथै उनले संवैधानिक व्यवस्थाको प्रावधानअनुसार नेपालले पञ्चशीलमा आधारित स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्दै आएको बताए । 

उनले आर्थिक कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने तथा बैदेशिक रोजगारी मर्यादित र व्यवस्थित तुल्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । 

कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्सालले परराष्ट्र सेवाको सुरुआती चरणको अवस्थाबारे जानकारी गराउँदै यस सेवाले नेपालाको विदेश नीति तर्जुमा, सञ्चालन तथा प्रभावकारी कार्यान्वयनमा निर्णायक र अहम् भूमिका निर्वाह गर्दै आएको बताए । यस सेवामा कार्यरत कूटनीतिक सुझबुझसहितका  जनशक्तिले नीति निर्मातालाई विज्ञ सल्लाह प्रदान गर्ने, संस्थागत ज्ञान निर्माण गर्ने संरक्षण गर्ने तथा नीति निर्माणमा निरन्तर रुपमा पृष्ठपोषणको कार्य गर्नुका साथै यसको कार्यान्वयनमा कटिबद्ध रहेको उल्लेख गरे । 

साथै सचिव लम्सालले यस सेवामा कार्यरत जनशक्तिले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरुमा नेपालको उपस्थिति, वार्ता कौशल प्रदान गरिरहेको उल्लेख गरे । कार्यक्रममा परराष्ट्र सेवामा लामो समय काम गरी सेवा निवृत हुनुभएका कर्मचारी तथा उनका परिवारलाई सम्मान गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending