Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

ताइवान टापु वरिपरि चीनको किन थाल्यो जल र हवाई सैन्य अभ्यास ?

खबरडबली संवाददाता

काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ।

चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथक'तावादी गतिविधिहरू’ विरुद्धको "कठोर सजाय" भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो।

चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा गर्ने बताएको छ।

उक्त अभ्यास मुख्य टापुसहित ताइवान स्ट्रेट र त्यसको पश्चिम अनि ताइपेईको नियन्त्रण रहेका जिन्मन, मात्सु, वुचियु र डोङ्यिन क्षेत्रवरपर भइरहेको छ। ताइवानको रक्षा मन्त्रालयले बेइजिङको कदमलाई "अर्थहीन उत्तेजना" भनेको छ।

ताइपेईले आफ्नो "सार्वभौमसत्ताको रक्षाका लागि" जल, वायु र स्थलसेना खटाएको मन्त्रालायको भनाइ छ। जापानले चिनियाँ सैन्य अभ्यासबारे चासो व्यक्त गरेको छ।

जापानको मन्त्रिपरिषद्का मुख्य प्रवक्ताले ताइवान स्ट्रेटमा विकसित घटनाक्रमलाई जापानले नियालिरहेको बताउँदै "त्यहाँ शान्ति र स्थिरताको महत्त्वको विषयमा सोझै चीनसँग कुरा गर्ने" बताएका छन्।

के भन्छ चीन?

चीनको सेनाले आफ्नो अभ्यास समुद्री र वायु युद्धको तयारी गस्ती, प्रमुख निसानाहरूमा हमला र उक्त टापुको भित्री र बाहिरी क्षेत्रमा एकीकृत कारबाहीमा केन्द्रित रहेको जनाएको छ।

त्यसको उद्देश्य आफ्नो फौजको "वास्तविक संयुक्त युद्ध क्षमता परीक्षण गर्नु" उसको भनाइ छ।

“यो ताइवानमा स्वतन्त्रता खोज्ने पृथक्तावादी गतिविधिविरुद्धको कठोर सजाय र बाह्य शक्तिहरूको हस्तक्षेप र उत्तेजनाविरुद्धको कडा चेतावनी पनि हो,” उसले भनेको छ।

लामो समयदेखि स्वशासन भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको ठान्छ। तर चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।

बेइजिङले लाईलाई विगतमा उनले ताइवानको स्वतन्त्रताको पक्षमा दिएको अभिव्यक्तिका कारण "पृथक्तावादी" र "समस्याकारी" मान्ने गरेको छ।

गत साता लाईले चीनलाई ताइवानविरुद्ध धम्की दिन बन्द गर्न भनेका थिए। बेइजिङले उक्त मन्तव्यको निन्दा गरेको थियो र विदेशमन्त्री वाङ यीले लाई "कलङ्क" भनेका थिए।

गत ज्यानुअरीमा लाई निर्वाचित भएपछि बेइजिङले एउटा विज्ञप्ति जारी गर्दै "ताइवान चीनको अङ्ग रहेको" दोहोर्‍याएको थियो। लाईले गरेको वार्ताको प्रस्ताव चीनले अस्वीकार गर्दै आएको विवरणहरू सार्वजनिक भएका छन्।

ताइवान के भन्छ

केही वर्षयता चीनले बारम्बार लडाकु विमान र जलसेनाका पानीजहाजहरूले ताइवान घेराबन्दी गर्ने अभ्यास गरेको छ। लाईले पदभार ग्रहण गर्नुअघि ताइवानले चिनियाँ सैन्य हस्तक्षेप बढेको टिप्पणी गरेको छ।

तर अहिलेसम्म ती गतिविधिबाट आक्रमण हुन लागेको स्पष्ट सङ्केत देखिएको छैन। त्यस्ता गतिविधिहरू अस्पष्ट परिधिमै सीमित छन्।

विश्लेषकहरूका अनुसार अस्पष्टता सिर्जना गर्ने रणनीतिले शत्रुपक्षलाई लामो समयसम्म कमजोर बनाउने उद्देश्य राख्छ र अहिले चीनले ताइवानमा ठ्याक्कै त्यस्तै गर्न चाहेको देखिन्छ।

ताइवानले बिहीवारको अभ्यासले बेइजिङको "सैन्य मानसिकता उदाङ्गो" पारेको जनाएको छ। “हालैका वर्षमा चिनियाँ वायुसेना र पानीजहाजले गरिरहेको निरन्तरको हस्तक्षेपले विश्वशान्ति र स्थिरतामा उल्लेख्य प्रहार गरेको छ।”

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य अभ्यासले ताइवानको शान्ति र स्थिरतामा कुनै योगदान नपुर्‍याउने बरु आक्रामक चिनियाँ सैन्य मानसिकतालाई प्रतिविम्बित गर्ने तर्क गरेको छ।

चीन-ताइवान सम्बन्ध

किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।

ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।

के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending