काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठक शुरू हुने वित्तिकै कांग्रेस लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले पटकपटक आफ्नो स्थानमा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।
विपक्षी सांसदले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत रहने जनाएका थिए। उनीहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जारी राखेपछि सभामुख घिमिरेले शुक्रबारको बैठक स्थगित गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने गरी उनले स्थगति गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको जनाउँदै कांग्रेस संसदीय छानबिनको माग गरेको छ । संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र विपक्षी दल सहमत भइसकेका छन् ।
यसका लागि गठन गरिएको कार्यदलमा भने सहमति जुट्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको भनाइ छ भने व्यक्ति विशेषको नाम राख्न नहुने सत्तापक्षको अडान छ । जसले गर्दा एक सातादेखि कार्यदलमा सहमति जुट्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - १६:०८
काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...
आश्विन ७ गते, २०८१ - १६:०३
काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...
आश्विन ७ गते, २०८१ - १५:४४
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...
आश्विन ७ गते, २०८१ - १५:४२
खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...
आश्विन ७ गते, २०८१ - १५:३५
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...
आश्विन ७ गते, २०८१ - १५:३०
काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...
आश्विन ७ गते, २०८१ - १४:५४
कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नद...
आश्विन ७ गते, २०८१ - १४:५१
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...
आश्विन ७ गते, २०८१ - १४:४८
काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...
आश्विन ७ गते, २०८१ - १४:४०
काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...
प्रतिकृया लेख्नुहोस्: