Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सल्यानमा समावेशी नीति विश्लेषण र तर्जुमाका लागि कार्यशाला

खबरडबली संवाददाता

सल्यान  । सुस्वा कार्यक्रम अन्तर्गत सल्यानमा समावेशी नीति विश्लेषण र तर्जुमाका लागि कार्यशाला सञ्चालन गरिएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाले श्रीनगरमा कार्यशाला आयोजना गरेको हो । 

शुक्रबार र शनिबार दुई दिनसम्म कार्यशाला सञ्चालन हुनेछ । सुस्वा कार्यक्रमको आयोजना सहयोग इकाई सुर्खेतको सहजिकरणमा लैङ्गिकता र अपांगता सम्वन्धि सवालगत समस्या विश्लेषण, समस्याका कारण, असर र समस्या समाधानका क्रियाकलापहरु पहिचान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बोल्दै गाउापालिकामा नयाँ आर्थिक वर्षको लागि नीति कार्यक्रम र बजेट निर्माणका कार्यहरु सञ्चालन भइरहेको भन्दै यस किसीमको कार्यशालाले समावेशी नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा राखे ।

कार्यशालामा प्रशिक्षक द्वय डा. संग्राम सिंह लामा र विष्णु प्रसाद शर्माले सहजिकरण गरिरहेका छन् । अपांगता प्रतिको विद्यमान बुझाई र वास्तविवकता, अपांगता सम्वन्धि सामाजिक बाधाहरु र अपांगता समावेशीकरण बारेमा जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको छ । 

यस्तै लैङ्गिक उत्तरदायी तथा अपांगता समावेशी नीति विश्लेषण गरी आवश्यक नीति सम्वन्धि लेखाजोखा गर्ने, लैङ्गिक उत्तरदायी तथा अपांगता समावेशी पञ्चबर्षिय योजना तर्जुमा गर्ने, महिनावारी सवाललाई मानव अधिकारका रुपमा स्थापित गर्दै शिक्षा र जनचेतनाको अभिवृद्धि गर्ने, महिनावारी सम्वन्धमा समाजमा देहखएको रुढीवादी, कुसंस्कार, कुरीती र अन्धविश्वास सम्बन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्दै जाने पनि कार्यशालाको उद्देश्य रहेको छ ।

कार्यशालामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा कार्यालयका प्रमुखहरु, अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका, महिला समूहका प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy