Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

माल्दिभ्सद्वारा बढ्दो समुद्री सतहका कारण सिर्जित समस्या व्यवस्थापनका लागि सहयोगको माग

खबरडबली संवाददाता

एजेन्सी । माल्दिभ्सले हिन्द महासागरको तल्लो भागमा रहेको द्वीपसमूहलाई सबैभन्दा उदार सहयोगका उपायहरूबाट अनुचित रूपमा बहिष्कृत गरिएको भन्दै समुद्रको बढ्दो सतहसँग जुध्न अन्तर्राष्ट्रिय कोषको माग गरेको छ । 

“माल्दिभ्स विश्वव्यापी उत्सर्जनको ०.००३ प्रतिशत हिस्साका लागि मात्र जिम्मेवार छ, तर जलवायु सङ्कटको अस्तित्वको परिणाम भोग्ने सिमित देशमध्ये एक हो,” राष्ट्रपति मोहम्मद मुइज्जुले बेलायतको गार्जियन पत्रिकामा प्रकाशित लेखमा उल्लेख गरे । “हाम्रो जस्तो समुदायप्रति धनी राष्ट्रहरूको नैतिक जिम्मेवारी छ,” उनले भने । 

उनले साना टापु तथा विकासोन्मुख राष्ट्र (सिड्स) को एक दशकको एक पटक हुने सम्मेलनको पूर्वसन्ध्यामा यस्तो टिप्पणी गरेका हुन् । ती राष्ट्रहरूमध्ये केही अत्यधिक विलासी पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् तर समुद्रको बढ्दो सतहका कारण खतरामा परेका छन् । सिड्सले अति कम विकसित मुलुकले प्राप्त गर्ने रकमको करिब १४ प्रतिशत मात्र प्राप्त गर्ने गरेको उनले बताए । 

आईएमएफका अनुसार माल्दिभ्सको प्रतिव्यक्ति आय चिली, मेक्सिको, मलेसिया वा चीनको तुलनामा उच्च छ, तर मुइज्जुले कुल गार्हस्थ्य उत्पादनलाई मापकका रूपमा उल्लेख गरे । उनले भनेका छन्, “माल्दिभ्सको स्वस्थ पर्यटन उद्योगका कारण हामी एक उदीयमान अर्थव्यवस्थाको रूपमा स्थापित मानिन्छौँ र यसैले सबैभन्दा कम आय भएका देशहरूको लागि छुट्याइएको सस्तो वित्तपोषणबाट टाढा छौं ।”

मुइज्जुले आफ्नो देशलाई जलवायु परिवर्तनको प्रभाव कम गर्न करिब ५० करोड अमेरिकी डलर आवश्यक रहेको र पर्यटनमा निर्भर अर्थतन्त्र रहेको माल्दिभ्सले आफैंले रकम जुटाउन नसकेको बताए । माल्दिभ्सका तत्कालीन राष्ट्रपति मौमून अब्दुल गयूमले समुद्रको सतह एक मिटर (३.३ फिट) ले वृद्धि भएमा एक हजार १९२ वटा स–साना कोरल टापुहरू डुब्ने बताएको पाँच वर्षपछि सन् १९९४ मा सिड्सको पहिलो बैठक भएको थियो । 

गयूमले सफलतापूर्वक समुद्री सतहबाट दुई मिटर माथि र आफ्नो भीडभाड भएको राजधानी मालेको दुई गुणा ठूलो कृत्रिम टापु निर्माणको काम सुरु गरेका थिए । गत सेप्टेम्बरमा निर्वाचित मुइज्जुले बढ्दो सामुद्रिक सतहसँग जुध्नका लागि ३० हजार आवासीय भवनहरू भएको ‘रस माले’ परियोजनासहितको ठूलो मानव निर्मित टापुको योजना सार्वजनिक गरे । 

तर यो परियोजना पूर्वाधारको कामको रूपमा वर्गीकृत गरिएकाले जलवायु वित्तपोषणको लागि योग्य नमानिएको उनले दुखेसो पोखे । मुइज्जुलाई बेइजिङ समर्थकका रूपमा हेरिएको छ र सरकारी अधिकारीहरूका अनुसार उनले सुरू गरेका अधिकांश निर्माण कार्य चिनियाँ फर्महरूले गर्ने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE