Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ - मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएको छिन् ।

बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन्। 

“शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ”, उनले भनिन्। शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनले बताइन्। शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन्। मन्त्री शर्माले भनिन्, “यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ ।”

“कृष्ण सेन इच्छुकले देखाउनुभएको बाटो र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो, त्यो व्यक्तित्वबाट हामीले धेरै  सिक्न जरुरी छ, उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्न सकौँ”, उनले भनिन्। वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उहाँले बताउनुभयो । हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् । “तर आजको दिनसम्म आइपुग्दा हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेका छौँ कि छैनौँ, कृष्ण सेनजस्ता महान् सहिदको सपना पूरा गर्न सकेका छौँ कि छैनौँ, हाम्रो अगाडि यो गम्भीर प्रश्न खडा भएको छ”, उनले भनिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...

गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने व्यक्ति पक्राउ

काठमाडौं। गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पने...

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने...

एमालेले बोलायो चैत ४ गते सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले यही चैत ४ गते सच...

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । ...

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रप...

सरकारले केबलकार निर्माणविरुद्धको आन्दोलनकारीलाई पुनः वार्ताका बोलायो

काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए...

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)...

दैलेखमा रुखले च्यापिएर दुई जनाको मुत्यु

दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy