काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।
महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिए।
कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पारेको छन् ।
सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज तयार पारेको छन् ।
उपाध्यक्ष बेदुराम भुसालले तयार पार्नुभएको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीतिबारे प्रष्ट पारिएको छ ।
चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।
पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८२ - १७:१२
काठमाडौँ। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...
जेष्ठ ९ गते, २०८२ - १६:५४
धनगढी। कञ्चनपुरका डिभिजन वन प्रमुख रामविचारी ठाकुरमाथि आज मोसो दलेर एक समूहले दुर्व्यवहार गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको कार...
जेष्ठ ९ गते, २०८२ - १६:४९
जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेको छ। सरकारमा सहभागी भएको करिब एक वर्षपछि पार्टीले आफ्ना दुई ...
जेष्ठ ९ गते, २०८२ - १६:४०
मस्को। रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयल...
जेष्ठ ९ गते, २०८२ - १६:२१
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई आपराधिक उपद्रव,...
जेष्ठ ९ गते, २०८२ - १६:१३
काठमाडौँ । संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको छ । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बै...
जेष्ठ ९ गते, २०८२ - १५:५१
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रह...
जेष्ठ ९ गते, २०८२ - १५:४६
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैया...
जेष्ठ ९ गते, २०८२ - १५:३४
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ । घटनाबारे ...
जेष्ठ ९ गते, २०८२ - १५:१६
काठमाडौँ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित १३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिका...
प्रतिकृया लेख्नुहोस्: