Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री थापा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो भनेको छन् । 

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु¥याइने प्रतिबद्धता जनाए। “यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”,महामन्त्री थापाले भने।

प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको उनको भनाइ थियो । सरकारी संस्था र प्रेसजगत्प्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो । “सार्वजनिक संस्थाप्रतिको विश्वासमा ह्रास आएको छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिएको छ । यसले यसले राम्रो सङ्केत गरेको छैन । त्यसैले हामी सबै सचेत बन्नुपर्ने अवस्था छ”,उनले भने।

युनियनका संस्थापक एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले श्रमजीवी पत्रकारका हकहितका मुद्दा उठाउने उद्देश्यले नै विसं २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको बताए । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउको घटनाले प्रेस स्वतन्त्रतावादी सबैलाई झस्काएको र विभिन्न आवरणमा प्रेसमाथि हुने आक्रमणबारे सचेत रहनुपर्ने धारणा राखे। 

युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारिता गरिरहेका सबैलाई साधारण सदस्यता दिएरमात्र नेपाल पत्रकार महासङ्घको निर्वाचन गर्न माग गरे। समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने गरी कान्तिपुर दैनिकको कार्यालयमा प्रहरी प्रवेश गरेको धारणा राखे ।

कार्यक्रममा युनियनका पूर्व अध्यक्ष एवम् राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, युनियनका अर्का पूर्वअध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, अकोरावका अध्यक्ष अर्जुन गिरी, युनियनका उपाध्यक्ष नकुल अर्याललगायतले प्रेस स्वतन्त्रतामाथि जुनसुकै नाममा हुने आक्रमणविरुद्ध सबै सञ्चारकर्मी एकजुट भएर उभिनुपर्नेमा जोड दिएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: