Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री थापा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो भनेको छन् । 

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु¥याइने प्रतिबद्धता जनाए। “यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”,महामन्त्री थापाले भने।

प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको उनको भनाइ थियो । सरकारी संस्था र प्रेसजगत्प्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो । “सार्वजनिक संस्थाप्रतिको विश्वासमा ह्रास आएको छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिएको छ । यसले यसले राम्रो सङ्केत गरेको छैन । त्यसैले हामी सबै सचेत बन्नुपर्ने अवस्था छ”,उनले भने।

युनियनका संस्थापक एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले श्रमजीवी पत्रकारका हकहितका मुद्दा उठाउने उद्देश्यले नै विसं २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको बताए । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउको घटनाले प्रेस स्वतन्त्रतावादी सबैलाई झस्काएको र विभिन्न आवरणमा प्रेसमाथि हुने आक्रमणबारे सचेत रहनुपर्ने धारणा राखे। 

युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारिता गरिरहेका सबैलाई साधारण सदस्यता दिएरमात्र नेपाल पत्रकार महासङ्घको निर्वाचन गर्न माग गरे। समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने गरी कान्तिपुर दैनिकको कार्यालयमा प्रहरी प्रवेश गरेको धारणा राखे ।

कार्यक्रममा युनियनका पूर्व अध्यक्ष एवम् राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, युनियनका अर्का पूर्वअध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, अकोरावका अध्यक्ष अर्जुन गिरी, युनियनका उपाध्यक्ष नकुल अर्याललगायतले प्रेस स्वतन्त्रतामाथि जुनसुकै नाममा हुने आक्रमणविरुद्ध सबै सञ्चारकर्मी एकजुट भएर उभिनुपर्नेमा जोड दिएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending