बाँके । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेष्ठ १४ गते देखि लागू हुनेगरी पदबाट मुक्त गरिएको शिक्षा अधिकृत कृष्ण कुमार चौधरीले बताए ।
आइतबार केही अराजक व्यक्तिहरुसंगै शिक्षकद्वय गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएका थिए । स्थानीय केही समाजसेवी व्यक्तित्वहरुले शिक्षाको नाम जोडेर नरैनापुरमा द्धन्द गराउन केही तत्वहरु सक्रिया भएको भन्दै निन्दा गर्दै तत्काल ताल्चा खोलेका थिए ।
शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमाले स्थानीय कार्यकर्ता विनय दिक्षित सहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाँउपालिकाले पत्रचार गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका लागि परेको बताउदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा गरेको राम्रो कार्यलाई देखेर केही तत्वहरु शिक्षा क्षेत्रको बदनाम गर्न लागि परेको भन्दै उनले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढ्न आग्रह गरे।
पदीय आचारण विपरित काम गर्ने शिक्षकहरुको पहिचान गरी कारबाही गर्ने बताउ । पेशागत दायित्वबाट च्यूत भएको भन्दै दुई शिक्षकलाई पदमुक्त गरेको हो । उनले पद र आचरण विर्सनेलाई कारवाही गर्ने जिकिर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: