काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखिम बढेपछि यात्रु बोकेका बसहरू बसपार्कलगायत विभिन्न स्थानमै होल्ड गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधन अर्को सूचना नआएसम्म सञ्चालन गर्न रोक लगाइएको हो। आइतबार रातिदेखि लागू गरिएको रात्रिकालीन प्रतिबन्ध सोमबार बिहान पनि कायम राखिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएकाले सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।
त्यसैगरी, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त मार्ग हुँदै सञ्चालन हुने सवारीसाधनसमेत रोकिएका छन्।
फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक पनि पहिरोका कारण बन्द भएको छ। कान्तिलोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण राजमार्गमा यात्रा जोखिमपूर्ण बनेपछि यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी सञ्चालन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। सडकको अवस्था र मौसमको जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालनबारे नयाँ निर्णय गरिने बताइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि आइतबार साँझदेखि पहिरोको उच्च जोखिम रहेको भन्दै अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोक्न निर्देशन दिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...
आषाढ़ ३० गते, २०८३ - ०७:२३
काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखि...
आषाढ़ ३० गते, २०८३ - ०७:१६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा रहेको हेंवा खोलाको माझीटार क्षेत्रमा बाढी र कटानबाट जोखिममा परेको बस्ती जोगाउन तटबन्ध ...
आषाढ़ ३० गते, २०८३ - ०७:१४
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । जल तथा मौसम विज्ञा...
आषाढ़ २९ गते, २०८३ - २०:०७
काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...
आषाढ़ २९ गते, २०८३ - १९:०९
काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...



प्रतिकृया लेख्नुहोस्: