पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा रहेको हेंवा खोलाको माझीटार क्षेत्रमा बाढी र कटानबाट जोखिममा परेको बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ। वर्षेनि दोहोरिने कटानका कारण त्रसित स्थानीयका लागि यो तटबन्ध राहतको आधार बनेको छ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटार बस्ती तथा खेतीयोग्य जमिन संरक्षण गर्ने उद्देश्यले हेंवा खोलाको दुवै किनारमा तटबन्ध निर्माण गरेको हो। कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर गरी कुल २७६ मिटर लामो तथा तीन मिटर उचाइको तटबन्ध निर्माण गरिएको छ।
उक्त आयोजनाअन्तर्गत पाँचथर–ताप्लेजुङ सीमामा पर्ने काबेली नदी किनारमा थप २०० मिटर तटबन्धसमेत निर्माण गरिएको छ। दुवै आयोजनाको निर्माण कार्य करिब तीन करोड रुपैयाँ लागतमा रणकाली माता निर्माण कम्पनीले सम्पन्न गरेको हो।
हेंवा खोलाले पछिल्ला तीन वर्षयता बहाव परिवर्तन गरेपछि माझीटार क्षेत्र निरन्तर कटानको चपेटामा पर्दै आएको थियो। कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुने जोखिम बढेको थियो भने बस्ती, सिँचाइ प्रणाली र खानेपानीका स्रोतसमेत प्रभावित भएका थिए।
हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीका अनुसार स्थानीयको लामो मागपछि यस वर्षदेखि तटबन्ध निर्माणको काम अघि बढाइएको हो। उनका अनुसार तटबन्धले बाढीको जोखिम कम गर्नुका साथै खेतीयोग्य जमिन र बस्ती संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले पनि तटबन्ध निर्माणपछि वर्षायाममा हुने त्रास केही कम भएको बताएका छन्। उनीहरूका अनुसार दीर्घकालीन रूपमा नदी नियन्त्रणका थप योजना अघि बढाइए मात्रै माझीटार क्षेत्र पूर्ण रूपमा सुरक्षित बन्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...
आषाढ़ ३० गते, २०८३ - ०७:२३
काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखि...
आषाढ़ ३० गते, २०८३ - ०७:१६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा रहेको हेंवा खोलाको माझीटार क्षेत्रमा बाढी र कटानबाट जोखिममा परेको बस्ती जोगाउन तटबन्ध ...
आषाढ़ ३० गते, २०८३ - ०७:१४
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । जल तथा मौसम विज्ञा...
आषाढ़ २९ गते, २०८३ - २०:०७
काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...
आषाढ़ २९ गते, २०८३ - १९:०९
काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...
आषाढ़ २९ गते, २०८३ - १८:२८
सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक



प्रतिकृया लेख्नुहोस्: