काठमाडाैं । आर्थिक वर्ष २०७९/८० सम्म अस्तित्वमा रहेका ४४ संस्थान मध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व) मा रहेका छन् ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार सामाजिक क्षेत्रमा रहेका ५ वटै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लि., हेटौंडा सिमेन्ट उद्योग लि., जनकपुर चुरोट कारखाना लि. र धौबादी फलाम कारखानामा नेपाल सरकारको शतप्रतिशत सेयर लगानी रहेको छ । नेपाल औषधी लिमिटेडमा नेपाल सरकारको ९९.०७ प्रतिशत र अन्य निजी क्षेत्रको ०.९३ प्रतिशत सेयर रहेको अवस्था छ।
नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा.लि.मा नेपाल सरकारको ८३.३३ प्रतिशत र अन्य सार्वजनिक तथा निजी क्षेत्रको १६.६७ प्रतिशत, बुटवल धागो कारखाना लि. मा नेपाल सरकारको ५९.७४ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ४०.२६ प्रतिशत, नेपाल मेटल कम्पनी लि. मा नेपाल सरकारको ७१.३१ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको २८.६९ प्रतिशत सेयर लगानी रहेको छ।
व्यापारिक क्षेत्रका ४ वटा संस्थानमध्ये खाद्य तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ भने कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको ९७.७१ प्रतिशत स्वामित्व रहेको छ। सेवा क्षेत्रका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि., नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लि., नेपाल रेल्वे कम्पनी लि., नेपाल पूर्वाधार निर्माण कम्पनी लि. र नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लि. मा नेपाल सरकारको शत प्रतिशत स्वामित्व रहेको छ ।
जनोपयोगी क्षेत्रतर्फ नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको पूर्ण स्वामित्व रहेको छ। वित्तीय क्षेत्रतर्फका राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड), राष्ट्रिय बीमा कम्पनी लि. र नागरिक लगानी कोषमा नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य सार्वजनिक निकायको अधिकांश सेयर स्वामित्व रहेको छ ।
सार्वजनिक संस्थानमा आ.व. २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा रू. ४ खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको छ। जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत सेयर स्वामित्व रहेको छ। क्षेत्रगत रूपमा विश्लेषण गर्दा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा नेपाल सरकारको ६६.३६ प्रतिशत सेयर रहेको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ३३.६४ प्रतिशत रहेको छ।
औद्योगिक क्षेत्रमा सरकारको शेयर ९५.६७ प्रतिशत, व्यापारिक क्षेत्रमा ९९.३४ प्रतिशत, सेवा क्षेत्रमा ९९.४९ प्रतिशत, सामाजिक क्षेत्रमा शतप्रतिशत र जनोपयोगी क्षेत्रमा ९८.७३ प्रतिशत सरकारको स्वामित्व रहेको छ। सार्वजनिक संस्थानको सेयर स्वामित्व संरचना तालिका १.१ मा उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: