Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ

खबरडबली संवाददाता

भक्तपुर, भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ ।   कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ । नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले प्राकृतिक वातावरण नै खल्बल्याउन थालेपछि साना डाँडा भाँसिन थालेका छन् । भीर, पहिरोमा समेत डोजर चलाउने गरेपछि थप समस्या भइरहेको छ ।  

तपाईं यो क्षेत्रमा जानुभएको छ भने पक्कै यस्तै देख्नुभएको होला १ यो समस्या हिजोआजको भने होइन । यहाँ वर्षौदेखि यस्तै भइरहेको छ । समस्याबारे स्थानीयले आवाज नउठाएका पनि होइनन्, राज्यका निकायहरूले पनि समस्या समाधानका लागि पहल गरिरहेकै छन् । कहिले राष्ट्रिय सर्तकता केन्द्र त कहिले अख्तियारले लिखित पत्र काटेर समस्या समाधानको पहल गर्ने गरेका छन् तर पनि वर्षांैदेखि समस्या यथावत छ । 

स्थानीयवासीले स्थानीय तहबाट स्वीकृत लिएर वा नलिएर वर्षौदेखि यस्ता गतिविधि भइरहे पनि समस्या समाधानको ठोस पहल नभएको आरोप लगाउने गरेका छन् । यस्ता गुनासाबारे सरोकार भएकाहरूसमेत बेखबर छैनन् । यस्तै गुनासा सुनेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यही जेठ ११ गते नगरप्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर गुनासाबारे ध्यानाकर्षण गराए । छलफलपछि नगरपालिकाले जोडर चलाउन दिएका सबै इजाजत रद्द गर्ने सहमति भएको थियो । “हामीले अवैध बालुवाखानी सञ्चालन गर्ने, अव्यवस्थितरूपमा डोजर चलाउने भनेर उजुरी र गुनासा आएपछि तिनलाई सम्बोधनको प्रयास गरिनै रहेका छौँ । कतिपय अवस्थामा प्रहरी पठाएर निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएर कारबाही गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले रासससँग भने,“अस्ति ११ गते नगरप्रमुख र उपप्रमुखलाई बोलाएर यस विषयमा गम्भीर छलफल भएको छ । उत्खननका लागि नगरपालिकाले दिएका अनुमति रद्द गर्ने निर्णय गरेका छौँ ।”   

यसैबीच आज नगर उपप्रमुख रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरी जग्गा सम्याउने नाममा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध डोजर चलाउने काम भएकाले त्यसलाई रोक्नुपर्ने बताए। उनले भने, “कतिपय ठाउँमा थोरै जग्गाको स्वीकृति लिएर धेरै जग्गामा डोजर चलाउने, जग्गा सम्याउने नाममा माटो र बालुवाको अवैध निकासी गर्नेजस्ता समस्या देखिए”, उनले भने,“नगर क्षेत्रमा जताततै डोजर आतङ्क नै चलेको छ, यसले हामीमाथि पनि प्रश्न उठिरहेको छ ।”

उपप्रमुख बुढाथोकीले चार÷पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिए पनि जग्गा व्यवसायीले आँखा छलेर २५ रोपनीसम्ममा डोजर चलाइरहेको पाइएको बताए । यसरी अवैधरूपमा डोजर चलाएका व्यवसायीबाट डोजरको साँचो नियन्त्रणमा लिने जरिवाना गराउने गरिएको बताए। “सुडालको गुम्बामुनी नगरपालिकासँग स्वीकृति नै नलिइ जग्गा प्लटिङ गर्नेक्रममा तीन वटा डोजरको साँचो नियन्त्रणमा लिएर रु ७५ लाख जरिवाना असुल गरेका छौँ । नगरकोटको टोलै र डाँडैपिच्छे डोजर चलिरहेका छन् । यस विषयमा वडाध्यक्षले समेत ध्यानाकर्षण गराएको छन् । हुँदाहुँदा वडा नं ४ कार्यालयको तलतिर डोजर चलाए । यो त अत्ति नै भयो”, उनले भने। 

कार्यपालिका बैठकमा बालुवा उत्खननका विषयमा छलफल भए पनि सहमति नजुटेपछि एक महिनाभित्र जग्गा सम्याएर खाल्डो पुर्न नगरपालिकाले स्वीकृतिको पत्र दिएको थियो । सोही पत्र देखाएर व्यवसायीले बालुवा झिक्न थालेपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका थिए । विवाद बढ्दै गएपछि नगरपालिकाले बालुवाखानी सञ्चालन गर्ने अनुमति रोक्यो, त्यसविरुद्ध व्यवसायीले आन्दोलनसमेत गरे । 

उपप्रमख बुढाथोकी नगर क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरवासीको पनि भएकाले गलत कार्यविरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बताउछन् । “व्यवसायीले अवैध बालुवा उत्खनन एवम् निकासीमा हामीलाई ९नगरप्रमुख र उपप्रमुख० समेत मुछ्ने गरेका छन्, यो आफ्नो गल्तिबाट उम्कने दुष्प्रचारमात्रै हो । त्यसैले तपाईँहरू भ्रममा नपार्नु होला । अवैध उत्खननविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ”, उपप्रमुख बुढाथोकीले आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE