एजेन्सी । लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुङ्गाको थुप्रो खस्दा दश जनाको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार, आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि भएपनि रिपोर्टमा मृतकको सङ्ख्या बढेर दश पुगेको छ ।
दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् भने बाढीका कारण धेरै सडक दुर्गम भएका छन् । मिजोरामका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेके जनाएको छ ।
प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेको बताउँदै नदीको जलस्तर बढेकाले नदी किनारकामा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको डीजीपीले बताए । मिजोरमका मुख्यमन्त्री लालदुहोमाले राज्यभित्र प्रभावितलाई सहयोग गर्न राहतको प्याकेज घोषणा गरेका छन् । सूचना तथा जनसम्पर्क विभागले प्रभावित व्यक्तिलाई १५ करोड रुपैयाँ सहायता प्राप्त हुने र मृतकका आफन्तलाई रु चार लाख प्रदान गरिने बताएको छ ।
यसैबीच, बङ्गलादेशसँग सीमा जोडिएको मिजोरममा चक्रवात रेमलको केही पछिको प्रभावले राज्य प्रशासनलाई सावधानीका उपाय जारी गर्न प्रेरित गरेको छ । विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र सार्वजनिक उपयोगिताका लागि आवश्यक बाहेक सबै सरकारी कार्यालय सन् २०२४ मे–२८ मा बन्द गर्ने आदेश दिइएको छ ।
सो राज्य प्रशासनले विज्ञप्ति जारी गर्दै खराब मौसम र भारतीय मौसम विज्ञान विभाग (आइएमडी)द्वारा साइक्लोन रेमलमा जारी गरिएको चेतावनीलाई ध्यानमा राख्दै, सरकारले विपद् व्यवस्थापन र पुनःवास, जिल्ला प्रशासन, स्वास्थ्य र परिवार कल्याण, ऊर्जा र बिजुली, स्वास्थ्य, आदि सेवा प्रदायक कार्यालय बाहेक मे–२८ मङ्गलबार सबै सरकारी कार्यालय बन्द गर्ने आदेश दिएको छ ।
सचिव तथा विभाग प्रमुखले आ–आफ्नो विभागका अधिकारी र कर्मचारीले सो दिन घरबाटै काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले विभिन्न क्षेत्रमा ४०–५० किलोमिटर प्रति घण्टादेखि ३५–४५ किलोमिटर प्रतिघण्टासम्मको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मे –२८ २०२४ को साँझसम्म मौसम प्रतिकूलताको अवस्था रहने अनुमान गरिएको छ ।
दक्षिणमा हावाको गति ४०–५० किलोमिटर प्रतिघण्टादेखि ६० किलोमिटर प्रतिघण्टासम्म पुग्ने सम्भावना छ । असम र मेघालय, मिजोरम, त्रिपुरा र नागाल्यान्ड, मणिपुर र असमका बाँकी भागमा मे–२८ को दिउँसोसम्म ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा घुम्ने सम्भावना छ । मे–२८ को साँझसम्म असम, मेघालय, मिजोरम र त्रिपुरामा ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टासम्म घट्ने सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: