Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ: प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब छ सय सत्तरी जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री मोदीले पपुवा न्यूगिनीमा भएको घातक पहिरोबाट ज्यान गुमाएको र क्षति भएकोमा दुःख व्यक्त गरे  । उनले यस दुखद् घडीमा भारत सबै सम्भव सहयोग गर्न तयार रहेको कुरामा जोड दिए । 

पपुवा न्यू गिनीमा विनाशकारी पहिरोबाट भएको मानवीय र अन्य क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । हामी पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौँ । भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भने । 

गत हप्ता शुक्रबार उत्तरी पपुवा न्यूगिनीको पहाडी क्षेत्र एन्गामा विनासकारी पहिरो गएको हो । देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)का मिसन प्रमुखको अनुमानअनुसार पहिरोमा परी छ सय सत्तरी जनाको ज्यान गएको बताए । तर पपुवा न्यूगिनीको विपद् एजेन्सीको पछिल्लो प्रक्षेपणअनुसार यो आँकलन कम हुन सक्ने बताए । 

“पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएका छन्, खेतीयोग्य जमिन तथा भवन विनाश भएका छन् । देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ”, राष्ट्रिय विपद् केन्द्रका कार्यवाहक निर्देशक लुसेट लासो मानाले संयुक्त राष्ट्र सङ्घलाई लेखेको पत्रमा जानकारी गराए । 

स्थिति अस्थिर छ, पहिरो बढ्दै गइरहेको छ, जसले उद्धार टोली र बाँचेका दुवैका लागि जोखिम छ, उनले भने । अधिकारीका अनुसार यम्बली गाउँका एक सय पचासभन्दा बढी घर भासिएका छन् र यस क्षेत्र चरम जोखिममा रहेको छ बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE