Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नयाँ बजेटमा खारेज सांसद विकास कोषको उद्देश्य पूरा गर्न अपनाइएको घुमाउरो बाटो

खबरडबली संवाददाता

काठमाडौं । विगतका वर्षमा जस्तो यो पटकको बजेटमा 'सांसद विकास कोष'का नामले चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि सरकारले रकम नछुट्ट्याए पनि निर्वाचन क्षेत्रमा सांसदको रोजाइका आयोजनालाई बजेट छुट्ट्याउन घुमाउरो बाटो प्रयोग गरिएको पाइएको छ।

सर्वोच्च अदालतले गत भदौ ६ गते जारी गरेको अन्तरिम आदेशमा सांसदहरूको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्ट्याइने बजेटमा रोक लगाएको थियो।

गत वर्षको बजेटमा पनि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्ट्याइएको थियो।

सर्वोच्च अदालतले नै रोक लगाएपछि आगामी आर्थिक वर्षका लागि मङ्गलवार सार्वजनिक गरिएको बजेटमा निर्वाचन क्षेत्रका लागि बजेट छुट्ट्याइएको छैन। तर सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्राथमिकता पाउनुपर्ने विकास आयोजनाहरूको सूची सरकारलाई बुझाएको बताएका छन्।

“सांसदहरूले आफ्नो क्षेत्रमा अत्यावश्यक विकास-निर्माणका कामहरूका लागि मन्त्रालयमै पुगेर बजेट माग गरेका छौँ। त्यसमा कति परे, कति परेनन्, त्यो हेर्न बाँकी नै छ,” सत्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने।

“सांसदहरूकहाँ आएर जनताले विकासका योजना माग गर्छन्। हामीले त्यसमा सहजीकरण गर्ने हो, सरकारलाई गएर भन्ने हो।” उनले सांसदहरूलाई आफ्नो क्षेत्रका योजनाबारे जानकारी गराउन सरकारले नै सहजीकरण गरिदिएको बताए।

“अर्थतन्त्रको परिस्थिति राम्रो नभएका कारण सांसदहरूलाई दुईदेखि पाँच करोडसम्मका मात्रै आयोजनाहरू सिफारिस गर्न भनिएको थियो। तर कसैले त्योभन्दा बढी पनि माग गरेका होलान्,” उनले भने।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूलाई पनि आफ्नो क्षेत्रका योजनाहरूको सूची बुझाउन संसदीय दलको बैठकमै जानकारी गराइएको सांसदहरूले बताए।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका बाजुराका सांसद बद्री पाण्डेले ढिलो सूचना भएका कारण आफूहरूले आयोजनाहरूको सिफारिसका लागि राम्रो तयारी गर्न नपाएको बताए।

“सत्ता पक्षका सांसदहरूबाट अलि अगाडी नै गाइँगुइँ सुनिएको थियो। तर हामीलाई अन्तिमतिर मात्रै जानकारी आयो। हामीले राम्रोसँग तयारी गर्नै पाएनौँ,” उनले भने, “तर हामीले सिफारिस गरेका केकति कार्यक्रम समेटिए हेर्न पाइएको छैन।”

सांसदहरूको गुनासो

सांसदहरू आफूहरूसँग आफ्नो निर्वाचन क्षेत्रका मतदाताले विकास आयोजनाहरूको माग गर्ने गरेको तर कानुनले आफूहरूको भूमिका कानुन निर्माणमा मात्रै सीमित गरेको बताउँछन्।

“जिल्लामा चुनाव लड्दा विकासका कुरा गर्नुपर्ने बाध्यता छ। तर यहाँ विकासमा हाम्रो भूमिका छैन,” कांग्रेस नेता पाण्डे भन्छन्, “अहिले पनि मेरो क्षेत्रका मानिसहरूले आफूहरूले माग गरेको आयोजना बजेटमा पर्‍यो कि परेन भनेर सोधिरहेका छन्।”

मकवानपुरबाट निर्वाचित एमाले प्रमुख सचेतक बर्तौला संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबारे गलत बुझाइ भएको बताउँछन्। “सांसदहरूले गोजीमा पैसा लिएर बाँड्न खोजे भन्ने बुझाइ भयो। तर त्यो स्थानीय तहबाट खर्च हुन्थ्यो,” उनले भने।

“सांसदहरू जनताका समस्यासँग जोडिन्छन् र उनीहरूका समस्या बाटो, बिजुली, खानेपानी र पूर्वाधार हुन्। बाटो बनेन भने हामीलाई नै 'खै बाटो' भन्छन्।”

सर्वोच्च अदालतको आदेशमा यस्तो बजेटले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक प्रणालीबाट निर्वाचित तथा राष्ट्रिय सभामा निर्वाचित सांसदहरूबीच फरक मापदण्ड अपनाइएको उल्लेख थियो।

अदालतको आदेशमा राज्यको ढुकुटीको ठूलो हिस्सा सङ्घ र प्रदेशबाट “केही खास जनप्रतिनिधिहरूको वैयक्तिक तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा र सुशासनको मान्यता अनुकूल नहुने” व्याख्या गरिएको छ।

'नयाँ अभ्यास होइन'

सांसदहरूले अर्थ मन्त्रालय र अन्य पूर्वाधारको क्षेत्रमा काम गर्ने मन्त्रालयहरूमा सांसदहरूले आयोजनाहरूको बजेटका लागि पैरवी गर्ने विषय नयाँ अभ्यास नभएको बताएका छन्।

यसअघि पनि सांसदहरू मन्त्रालयहरूले आआफ्नो बजेट सिफारिस गर्नुअघि सम्बन्धित मन्त्री र अधिकारीलाई भेटेर आफ्नो क्षेत्रका आयोजनाहरूको पैरवी गर्ने अभ्यास रहेको बताउँछन्।

“यो नयाँ कुरा होइन। यसअघि पनि माननीयहरूले आफ्नो क्षेत्रका लागि सकेसम्म धेरै आयोजना बजेटमा समेट्न पहल गर्दै आएका थिए,” एमाले नेता बर्तौला भन्छन्।

कांग्रेस सहमहामन्त्री पाण्डे पनि यस्तो अभ्यास नयाँ नभएको र सांसदहरूले हरेकजसो मन्त्रालयमा पुगेर स्थानीय आयोजनाहरूमा बजेटका लागि पैरवी गर्ने गरेको बताउँछन्।

“उनीहरू (सरकार)ले नभने पनि हामी योजना बुझाउनेवाला थियौँ। यो हामीले गर्दै आएको नै हो। हामीलाई विधि निर्माणमा सीमित हुने छुट आफ्नो क्षेत्रका मतदाताले दिँदैनन्,” पाण्डे भन्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending