Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

खबरडबली संवाददाता

एजेन्सी । बङ्गलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तिमा पैसट्ठी जनाको मृत्यु भएको बुधबार दुबै देशका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् । 

आइतवार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले बिस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो । बङ्गलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी बर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताए । 

विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बङ्गलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो । 

भारतमा एक्काइस जनाको मृत्यु भएको अघिल्लो सङ्ख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश अठ्ठाइस जनाको मृत्यु भएको थियो जसमध्ये मङ्गलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको ज्यान गएको मिजोराम सरकारले एक विज्ञप्तिमा जानकारी गराएको हो । 

पश्चिम बङ्गाल राज्यमा दश जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताए । हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टअनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

चक्रवातले प्रत्येक वर्ष बङ्गलादेश र भारतमा ठूलो क्षति पुर्‍याउने गरेको छ ।  वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । 
यद्यपि, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको सङ्ख्या भने कम देखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending