Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीका लागि ७० करोड अमेरिकी डलर सहयोग स्वीकृत

खबरडबली संवाददाता

एजेन्सी । बङ्गलादेशमा रहेका सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्या दुवैका लागि आधारभूत सेवा प्रदान गर्न तथा विपद् तथा सामाजिक उत्थानशीलता निर्माण गर्न कुल ७० करोड अमेरिकी डलरको दुई परियोजना स्वीकृत गरिएको विश्व बैङ्कको कार्यकारी निर्देशकको समितिले जनाएको छ । 

सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्याको सहयोगका लागि कूल ३५ करोड डलर र ३५ करोड डलर बराबरको अर्को परियोजना मङ्गलबार स्वीकृत भएको विश्व वैङ्कले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

म्यान्माबाट विस्थापित करिब १० लाख रोहिङ्ग्या अहिले बङ्गलादेशमा बसोबास गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।    बङ्गलादेश र भुटानका लागि विश्व बैङ्कका निर्देशक अब्दुलाय सेकले भने, “करिब १० लाख रोहिंग्या समुदायलाई सहयोग गर्न बङ्गलादेश सरकारले देखाएको उदारताको हामी सराहना गर्दछौं । हामी सहयोगी समुदायमाथि परेको ठूलो दबाबलाई पनि स्वीकार गर्दछौं ।” 

बङ्गलादेश र भुटानका लागि विश्व बैङ्कका निर्देशक सेकले भने,  “रोहिङ्ग्या शरणार्थी सङ्कट सातौं वर्षमा प्रवेश गरेसँगै, दीर्घकालीन योजना र दिगो समाधानहरू महत्वपूर्ण भएका छन् र अल्पकालीन, अत्यावश्यक आवश्यकताहरूलाई पनि सम्बोधन आवश्यक छ । हामी यस जटिल सङ्कटलाई सम्बोधन गर्न र रोहिङ्ग्या र होस्ट समुदाय दुवैको कल्याणलाई समर्थन गर्न बङ्गलादेश सरकारलाई सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध छौ ।”

सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्याका लागि समावेशी सेवा र अवसर परियोजनाले रोहिङ्ग्या र होस्ट समुदायका कम्तिमा नौ लाख ८० हजार मानिसहरूका लागि जीविकोपार्जन र आवश्यक स्वास्थ्य, पोषण, परिवार नियोजन, लैङ्गिक हिंसा प्रतिक्रिया र रोकथाम सेवाहरूमा सक्रिय लगानीमा निर्माण गर्नेछ । 

परियोजनाले १२ वर्षभन्दा कम उमेरका तीन लाख रोहिङ्ग्या बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने लक्ष्यका साथ मानव पूँजी विकासमा लगानीलाई प्राथमिकता दिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending