Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

किन गए माधव नेपाल विपक्षी दलको गठबन्धन बैठकमा ?

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म विपक्षी गठबन्धनलाई बलियो बनाउने रणनीतिनुसार अगाडि बढेको छ । अहिलेको सत्तारूढ गठबन्धन फुटाएर केन्द्रदेखि प्रदेशसम्म सरकार गठन गर्नेगरी कांग्रेसले विपक्षी गठबन्धन बलियो बनाउन लागेको हो ।

बुधबार कांग्रेसले बोलाएको विपक्षी गठबन्धनको बैठकमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि सहभागी भयो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, मेटमणी चौधरीसहितका नेताहरू सहभागी भएका थिए ।

बैठकमा कांग्रेस, एकीकृत समाजवादीका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी भएका छन् ।

विपक्षी गठबन्धन बलियो बनाउने, संघीय र प्रदेश सरकारसहित समसामयिक राजनीतिका ’boutमा बैठकमा छलफल भएको छ । मुख्यतः मधेस प्रदेश सरकारका ’boutमा बैठक बढी केन्द्रित भएको स्रोतको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरोजकुमार नेतृत्वको सरकार अल्पमतमा परेको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

संघीय सरकारमा सहभागी जसपा नेपाल विभाजनसँगै सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले उपेन्द्रले मधेस प्रदेश सरकार जोगाउन विपक्षी गठबन्धनसँग आग्रह गर्दै आएका छन् ।

१ सय ७ सदस्यीय मधेस प्रदेशमा सरकार गठनका लागि ५४ जना सांसद चाहिन्छ । मधेसमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी पार्टीका ५४ सांसद एकठाउँमा उभिए सरकार जोगिन्छ । तर, जसपा नेपाल विभाजन भएकाले उसका कति सांसद विभाजित दल (अशोक राई)तर्फ जाने अहिले खुलेका छैनन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेस प्रदेश सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय पार्टीको प्रदेश संसदीय दलले नै निर्णय गर्ने बैठकमा बताए । आफ्नो दलको समर्थनले सरकार जोगिने अवस्थामा प्रदेश संसदीय दलले निर्णय गरेर समर्थन गर्ने उनले आश्वासन दिएका छन् ।

यस्तै, बैठकमा सहभागी अन्य शीर्ष नेताहरूले विपक्षी दललाई बलियो बनाउँदै आगामी नेतृत्व लिनेगरी अगाडि बढ्न नेपाललाई आग्रह गरेका छन् । अहिलेको गठबन्धन मुलुक र जनताको हितमा नभएको निष्कर्षसहित बैठकले विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending