Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह

खबरडबली संवाददाता

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन् । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन् । 

राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्नेछन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र  हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ । 

चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ । यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो । 

प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गर्नेछन् । “मध्यपूर्व विकासको व्यापक सम्भावना बोकेको भूमि हो, तर अझै युद्ध जारी छ,” सीले भने । उनले युद्ध लम्बिन नहुने तर्क गर्दै भने, “युद्ध अनिश्चितकालसम्म चल्नु हुँदैन । न्याय सदाका लागि अनुपस्थित हुनु हुँदैन ।” 

सीपछि बोल्दै इजिप्टका राष्ट्रपति सिसीले गाजा पट्टीका प्यालेस्टिानीहरू आफ्नो युद्धग्रस्त क्षेत्रबाट विस्थापित नहुन् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । गाजासँग सीमा जोडिएको इजिप्टले सन् १९७८ मा इजरायलसँग ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । “म अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा दीर्घकालीन मानवीय सहायता तत्काल उपलब्ध गराउन र इजरायली घेराबन्दी अन्त्य गर्न आह्वान गर्दछु,” सिसीले भने । 

उनले प्यालेस्टिनीहरूलाई जबर्जस्ती आफ्नो भूमिबाट भाग्न बाध्य पार्ने कुनै पनि प्रयास रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । इजरायली सेनाले गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको रणनीतिक फिलाडेल्फिया करिडोरमा ‘गतिविधि नियन्त्रण’ गरेको बुधबार बताएपछि सिसीको यो टिप्पणी आएको हो । 

यो करिडोरले गाजा र इजिप्टबीचको मध्यवर्ती क्षेत्रको रूपमा काम गरेको थियो र इजरायली सेनाले सन् २००५ सम्म गस्ती गरेको थियो । तर, गाजा पट्टीबाट व्यापक विघटनको भागको रूपमा हमासले उक्त जमिन प्यालेष्टिनी प्राधिकरणसँगबाट फिर्ता लिएको थियो । लण्डनस्थित ‘चाथम हाउसथिंक ट्याङ्क’ का उपप्रमुख अहमद अबौदौहले एएफपीसँग भने, “सिसी इजरायलसँगको उच्च तनावको समयमा चीनको राजनीतिक समर्थन प्राप्त गर्न इच्छुक देखिनुहुन्छ ।”

चीनले दशकौंदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई राष्ट्र समाधानको वकालत गर्दै आएको छ । बिहीबार सीले अरब विश्वसँग आफ्नो ‘गहिरो आत्मीयता’ रहेको भन्दै अरब समुदायको प्रशंसा गरेका थिए । उनले भने, “चीन र चिनियाँ जनता तथा अरब देश र त्यहाका जनताबीचको मित्रता प्राचीन सिल्क रोडको मैत्रीपूर्ण आदानप्रदानबाट सुरु भएको हो ।”

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत २१ अरब राष्ट्रले बेइजिङसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । “चीनले तेल र ग्यासमा अरब पक्षसँग रणनीतिक सहयोगलाई अझ बढाउनेछ र आपूर्ति सुरक्षालाई बजार सुरक्षासँग एकीकृत गर्नेछ,” सीले भने । “चीन नयाँ ऊर्जा प्रविधि अनुसन्धान तथा विकास र उपकरण उत्पादनमा अरब पक्षसँग काम गर्न तयार छ,” उनले भने । 

चीनले गत वर्ष साउदी अरब र उसको लामो समयदेखिको शत्रु इरानबीच मध्यस्थता गरेर यस क्षेत्रमा आफूलाई मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने काम गरेको छ । गत महिना उसले ‘अन्तर–प्यालेस्टिनी मेलमिलापलाई बढावा दिने विषयमा गहन र स्पष्ट वार्ताका लागि’ प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह हमास र फताहलाई आमन्त्रण गरेको थियो ।

विश्लेषकहरूका अनुसार चीनले गाजामा जारी युद्धको फाइदा उठाउँदै यस क्षेत्रमा आफ्नो स्थितिलाई मजबुत बनाउन खोजिरहेको छ र कथित अमेरिकी निष्क्रियताविरुद्ध त्यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेको छ । वैदेशिक सम्बन्धका लागि युरोपेली परिषद्का क्यामिली लोन्सले एएफपीसँग भने, “बेइजिङले जारी द्वन्द्वलाई अन्तर्राष्ट्रिय परिदृश्यमा पश्चिमाहरूको दोहोरो मापदण्डको आलोचना गर्ने र वैकल्पिक विश्व व्यवस्थाका लागि आह्वान गर्ने सुनौलो अवसरको रूपमा हेरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE