एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने निर्णयपछि युक्रेनको लडाइँलाई ‘उल्लेखनीय रूपमा’ सहयोग पुग्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सञ्चार प्रवक्ताले शुक्रबार बताएका छन् ।
प्रवक्ता सेर्गी नाइकीफोरोभले खार्किभसँग सीमा जोडिएको क्षेत्रमा अमेरिकाले आपूर्ति गरेको हतियारको सीमित प्रयोगबारे कूटनीतिक च्यानलबाट सकारात्मक सङ्केत प्राप्त भएको बताए । उनले भने, “यसले सीमापार रूसी आक्रमणको प्रतिकार गर्ने हाम्रो क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ ।”
लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिए । रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए । “राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,” एक अमेरिकी अधिकारीले बताए ।
यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाईका साथ सीमित रहेको अधिकारीले बताए । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: