एजेन्सी । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो । एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।
हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।
रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।
युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - १७:२५
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ...
मंसिर १२ गते, २०८१ - १७:२०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले लिगमा लगाउने जर्सी सार्वजनिक गरेको छ । टोलीका मार्की खेलाडी आसिफ शेख र प्रशिक्षक पुवुदु द...
मंसिर १२ गते, २०८१ - १७:१६
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ७ सोमडिहस्थित सडकमा लु ५५ प ३७३४ र युपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको ...
मंसिर १२ गते, २०८१ - १७:१३
अमेरिका । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ । धेरै मिडिय...
मंसिर १२ गते, २०८१ - १७:१०
खोटाङ । हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ । त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्म...
मंसिर ११ गते, २०८१ - २१:०३
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...
मंसिर ११ गते, २०८१ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...
मंसिर ११ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...
मंसिर ११ गते, २०८१ - १९:५६
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...
मंसिर ११ गते, २०८१ - १९:५०
बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...
प्रतिकृया लेख्नुहोस्: