Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

खबरडबली संवाददाता

विराटनगर । मोरङको मिक्लाजुङमा यतिबेला भीड छ । मानिसहरू घुम्न पुगेका छन्, फोटो खिचिरहेका छन्, टिकटक बनाइरहेका छन् । तर आकर्षण कुनै झूला, सांगीतिक कार्यक्रम वा सेलिब्रिटी होइनन् — आकर्षण बनेका छन् राउटे समुदाय ।

पूर्वी नेपालमा पहिलो पटक ल्याइएको राउटे समुदायलाई अहिले ‘हेर्न’ २०० रुपैयाँ तिरेर मानिसहरू लाइन लागिरहेका छन् ।

मिक्लाजुङ गाउँपालिका–३ को निशेलुङ पार्कमा आयोजित ‘एक घुमन्ते सभ्यता, लोपोन्मुख राउटे जाति मेला’ ले अहिले पर्यटक तानेको छ । आयोजकका अनुसार दैनिक ४ देखि ५ हजार मानिस पुगिरहेका छन् । स्थानीय होटल, पसल र व्यवसायमा आर्थिक चलायमानता बढेको छ ।

तर मेलाभित्रको दृश्यले भने अर्को प्रश्न उठाएको छ । के एउटा समुदायको जीवनशैलीलाई यसरी ‘प्रदर्शनी’ बनाइन मिल्छ ? राउटे युवतीहरूलाई लक्षित गरेर अशोभनीय टिप्पणी गर्ने, टहराभित्रै पसेर व्यक्तिगत प्रश्न सोध्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाउने क्रम बढेको छ ।

कतिपय भिडियोमा राउटे समुदायलाई मनोरञ्जनको वस्तु झैँ प्रस्तुत गरिएको भन्दै आलोचना भइरहेको छ ।

राउटे समुदायलाई पूर्व ल्याउन सोसेक नेपाल र याक्थुङ भिलेजले सहकार्य गरेका हुन् । आयोजक अशोक चेम्जोङ का अनुसार थपिएको १०० रुपैयाँ शुल्क राउटेहरूको बसोबास, व्यवस्थापन र आवतजावत खर्चमा प्रयोग गरिनेछ ।

लामो समयदेखि राउटे समुदायसँग काम गर्दै आएका पत्रकार नगेन्द्र उपाध्याय का अनुसार राउटेहरू मेला–महोत्सवमा पुग्नु नयाँ होइन, तर पूर्वमा उनीहरूको यो पहिलो औपचारिक यात्रा हो ।

यद्यपि सामाजिक सञ्जालमा आलोचना तीव्र बन्दै गएको छ । शिक्षक विश्वसिंह मेवाहाङ ले “लोपोन्मुख समुदायलाई प्रदर्शनी बनाइनु गैरकानुनी र अमानवीय” भएको टिप्पणी गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल ले पनि मानवीय संवेदनशीलतामाथि खेलवाड हुन नहुने बताएका छन् । शुल्क लिएर गरिएको कार्यक्रमका लागि आवश्यक स्वीकृति भए–नभएकोबारे बुझ्ने उनले बताएका छन् ।

नेपालमा राउटे समुदायको जनसंख्या अहिले करिब १३३ मात्रै रहेको बताइन्छ । जंगल र घुमन्ते जीवनसँग जोडिएको यो समुदाय अहिले आधुनिक समाजको कौतुहल, क्यामेरा र व्यापारबीच उभिएको छ ।

प्रश्न अहिले पनि उही छ  यो संस्कृति संरक्षण हो कि गरिबी र फरकपनको टिकट काटेर गरिएको प्रदर्शन ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...

विपद्जन्य घटनाबाट एकै महिनामा झापामा १० करोड बढीको क्षति

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...

भेडेटारको नयाँ पहिचान : चिसो हावा मात्रै होइन, अर्ग्यानिक तरकारीको पनि हब

धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मीको असर

काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश...

सम्पत्ति शुद्धीकरण मुद्दा : सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

काठमाडौं  । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...

मेसी, एम्बाप्पे र हालाण्ड चम्किए, अब रोनाल्डोको पालो

काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...

गोदाममा मल, खेतमा अभाव : सरकारको दाबी र किसानको यथार्थबीच ठूलो खाडल

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण १३ प्रतिशत नजिक

कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...

भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग र बगान बन्द गर्ने घोषणा

झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending