Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् । 

“सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउँदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् । 

सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ । राष्ट्रसङ्घका विज्ञहरूका अनुसार द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डार्फर सहरमा १५ हजारको मृत्यु भएको छ । 

सहयोगसम्बन्धी सङ्घसंस्थाका अनुसार करिब ९० लाख मानिस विस्तापित भएका छन् भने  बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ । यसमा पौष्टिक खाना, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँचको अभाव र रोगको बढ्दो जोखिम समावेश भएको उनीहरूले बताएका छन् । 

सुडानले द्वन्द्व–प्रेरित अनिकालको बढ्दो जोखिमको सामना गरिरहेको छ र यसका कारण बालबालिकाहरूमा ज्यान गुमाउनेसहित विनाशकारी परिणामहरू निम्तिने उनीहरूको धारणा छ । द्वन्द्वले मानवीय आपूर्तिको वितरणमा गम्भीर असर पारेको छ, अनगिन्ती महिला र बालबालिकाहरूलाई  खाना र पोषण सहयोगको पहुँचबाट वञ्चित पारेको छ । 

मध्य डार्फरमा, पाँच वर्ष मुनिका बालबालिकामा १५.६ प्रतिशत तीव्र कुपोषण हुने अनुमान गरिएको छ भने उत्तरी डार्फर राज्यमा विस्थापित मानिसहरूका लागि स्थापित शिविरमा यो ३० प्रतिशतको नजिक छ । उनीहरूलाई आवश्यक मानवीय सहायता प्रदान गर्न तत्काल र सुरक्षित पहुँच चाहिने डब्लुएफपी प्रमुख सिन्डी म्याककेनले बताए । 

लाखौँको जीवन खतरामा रहेकाले अन्तर्राष्ट्रिय समुदायले अब कार्य गर्नुपर्छ अन्यथा  बालबालिकाको सम्पूर्ण पुस्ता गुमाउने जोखिम रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीमा विपन्न विधार्थीलाई साइकल सहयोग

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।  नगर क्षेत्...

साताभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहा...

म्यान्मामा बाढीले २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

एजेन्सी । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले जनाएको छ ।  रिप...

बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ

कलकत्ता । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढ...

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy