एजेन्सी । इरानी संसदका पूर्वसभामुख अली लारिजानीले इब्राहीम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा राईसीको निधन भएपछि सरेको थियो । गृह मन्त्रालयले बिहीबार देखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उम्मेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकाङ्क्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।
इरानको विदेश नीतिबारे तुलनात्मक रूपमा नरम मानिएका ६६ वर्षीय लारिजानीले शुक्रबार बिहान आफ्नो निवेदन दिएको सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा उल्लेख छ । उनले आफू निर्वाचित भएमा अमेरिकी प्रतिबन्धको समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा सुधार ल्याउने आफ्नो ‘प्राथमिकता’ रहेको बताए ।
यद्यपि, इरानमा राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उनको उम्मेदवारीलाई पनि १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ । सन् २०२१ को चुनावअघि परिषद्ले अयोग्य घोषित गरेका केही सुधारवादी र उदारवादी उम्मेदवारमध्ये लारिजानी पनि एक हुन् । उक्त निर्वाचनमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।
लारिजानीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरमा काम गरिसकेका छन् । तीन दशकभन्दा बढी समयदेखि इरानका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसकेका
छन् । उनले सन् २००० को दशकको सुरुमा पश्चिमा मुलुकसँग इरानको आणविक वार्ताको निरीक्षण गरेका थिए । इरानका प्रसिद्ध पूर्वराष्ट्रपति महमुद अहमदीनेजादसँग ‘गम्भीर मतभेद’ भएको भन्दै दुई वर्षपछि राजीनामा दिएका थिए ।
तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई समर्थन गरेका तीन पटक संसदका सभामुख रहेका लारिजानीले दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् । उनि इस्लामिक गणतन्त्रको लिपिकीय नेतृत्वसँग सम्बन्ध भएका प्रभावशाली परिवारमा जन्मिएका थिए ।
गत बिहीबार अर्का पूर्व आणविक वार्ताकार कट्टरपन्थी सइद जलिलीले राष्ट्रपतिपदको उम्मेदवारका रूपमा नाम दर्ता गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: