बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ ।
सहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने छलफलले विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार गरेको हो ।
छलफलमा सहभागी तीन वटै प्रदेशअन्तर्गत स्थानीय तह, स्थानीय प्रहरी, प्रशासन, नेपाली सेना, नेपाल रेडक्रस, विभिन्न गैरसरकारी निकायका साथै सङ्घसंस्था, निजी क्षेत्रको समूहगत छलफलबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्ययोजना निमार्ण गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जु पोखरेलले बताए। उनका अनुसार छलफलबाट तयार गरिएको कार्ययोजनालाई सबै निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछन् ।
विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण, सूचना व्यवस्थापन, अभिलेखीकरण, विपद् घटना पश्चात् तत्काल उद्धार तथा खोजी, स्वास्थ्य उपचार, क्षति विवरण सङ्कलन, राहत वितरण, अनुगमन तथा मूल्याङ्कनलगायत कार्यलाई कार्ययोजनामा समावेश गरिएको नेपालगञ्ज उपमहानगरपालिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार स्थानीय तहले बनाएका आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई संशोधन गरी कार्यान्वयनमा ल्याइने छ ।
यसैबीच, अन्तरप्रादेशिक कृत्रिम घटना अभ्यास बारे आज यहाँ छलफल भएको छ । छलफलमा सहभागीले छलफलबाट तयार पारिएको कार्ययोजना र निष्कर्षलाई प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका ज्ञवालीले बताए।
छलफलमा विपद् विज्ञ शङ्कर कोइरालाले प्रदेश विपद् प्रतिकार्य कार्यढाँचा, विज्ञ सुनिलसन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विज्ञ कृष्ण काफ्लेले विपद्मा स्वयंसेवक परिचालनका बारेमा सहजीकरण गरेको थिए।
युरोपियन युनियनको सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा तीन वटै प्रदेशमा सञ्चालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रवर्द्धन गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: