काठमाडौँ । स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको ‘एकदिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहेमात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उनले आफूलाई स्वास्थ राख्न हरेक व्यक्तिले बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गरे।
काठमाडौँ–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताए । उनले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गरे वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उनको भनाइ छ ।
मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेको थिए। विसं २०७१ मा स्थापना भएको उक्त मञ्चले गोँगबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: