Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि उच्चस्तरीय समिति गठन

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिएको थिए।

समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।

यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।

समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ ।

कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: