बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिइएको छ ।
दोगडाकेदार-१ रिम र दोगडाकेदार-२ कमलपुरबाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए। गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्यसंस्थामै सुत्केरी भएको, नियमितरूपमा चार पटक गर्भ जाँच गराएको,सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उनले बताए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेषव्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए ।उनले भने, “स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेको छ, यसमा बजेटको पनि विशेषव्यवस्था गरेका छौँ ।”
आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए। उनले भने, “ गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु कोष स्थापना गरेका छौँ । उपाध्यक्षको कोसेली पनि सञ्चालनमा छ ।” गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।उनले भने, “गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: