काठमाडौं । दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म ९७.२५ प्रतिशत मत गणना हुदा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल कांग्रेसले सबैभन्दा बढी ४०.१३ प्रतिशत मत पाए पनि सरकार गठनका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न सकेन ।
अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले बहुमत नपाएका ३० वर्षमा यो पहिलो पटक हो । योसँगै यौन काण्ड र भ्रष्टाचारको आरोपका कारण सत्ता गुमाएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाको पार्टी तेस्रो स्थानमा रहेको छ । उनले १५ प्रतिशत मत पाएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले किंगमेकरको भूमिका निभाउन सक्नेछन् । ज्याकब जुमाले धेरै क्षेत्रमा एएनसीको मत काटेको बताइएको छ । जसका कारण एएनसीले बहुमत ल्याउन चुक्यो । वास्तवमा, २०१८ मा एएनसीबाट निष्कासित भएपछि, जुमाले २०१९ मा आफ्नै छुट्टै पार्टी एमके बनाएका थिए ।
यो नतिजापछि ३० वर्षमा पहिलो पटक दक्षिण अफ्रिकामा गठबन्धनको सरकार बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक गठबन्धन (डीए) ले २१.७२ प्रतिशत मत प्राप्त गरेको छ । वामपन्थी पार्टी इएफएफले अहिलेसम्म करिब ९.३७ प्रतिशत मत प्राप्त गरेको छ ।
यसपटक दक्षिण अफ्रिकामा सबैभन्दा बढी ७० दल चुनावी मैदानमा उत्रिएका थिए । देशमा करिब २.७८ करोड मतदाता छन् । दक्षिण अफ्रिकाको संसदमा ४०० सिट छन् । कुनै पनि दललाई सरकार बनाउन २०१ सिट चाहिन्छ ।
यदि सत्तारुढ एएनसीले चुनावपछि बहुमत प्राप्त गर्न सकेन भने राष्ट्रपति सिरिल रामाफोसाले अन्य सहयोगीहरूको समर्थन खोज्नुपर्नेछ । यस्तो अवस्थामा देशमा पहिलो पटक गठबन्धन सरकार बन्न सक्छ ।
यस निर्वाचनमा करिब १८ प्रतिशत मत पाएको एएनसीसँग अब दुईवटा मात्र विकल्प बाँकी रहेको विज्ञहरू बताउँछन् । या त उनी भ्रष्टाचारको आरोपमा पार्टीबाट निष्कासन गरिएका ज्याकब जुमासँग सम्झौता गर्छन् वा उनले अति वामपन्थी पार्टी ईएफएफसँग सरकार गठन गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: