Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नेपाली नर्सको नयाँ गन्तव्य खाडी

खबरडबली संवाददाता

काठमाडौं । नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । 

नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । 

नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताए । 

नर्सिङ क्षेत्रबाट जनशक्ति बाहिरिने क्रम नरोकिए नेपालमा नर्स खोज्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उहाँले नेपालमा रोजगारी नपाएर वा कम मूल्यमा श्रम गर्नुपर्ने भएकाले नर्स बिदेसिने गरेको प्रस्ट पारे । 

राम्रो आम्दानी 

विराटनगरबाट तीन महिनाअघि साउदी गएकी नर्स विज्ञता शर्मा (नाम परिवर्तन) ले साउदीमा महिनामा एक लाख २५ हजार रुपियाँ कमाइरहेको बताइन्। उनका अनुसार बस्न र खानका लागि अस्पतालले व्यवस्थापन गरिदिएको छ, कमाएको पैसा सबै बचत हुन्छ । 

उनी नेपालमा विद्यालय नर्स हुनुहुन्थ्यो । विद्यालय नर्स पाँचौँ तहको पद हो । उनलृ भनिन्, “नेपालमा हुँदा खर्च धान्नै मुस्किल हुन्थ्यो । अहिलेको तलबबाट एक लाख रुपियाँ बचाएर घरमा पठाउने गरेकी छु ।” 

भेरिफिकेसन लेटर लिने ४० हजार

नेपाल नर्सिङ काउन्सिलमा ‘भेरिफिकेसनपत्र’ लिएर विदेश जाने नर्स ४० हजार ५३९ जना रहेका छन् । यो तथ्याङ्क २०८० चैतसम्मको हो । 

नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीले २०८१ मा विदेश जाने नर्स धेरै रहेको र त्यसको तथ्याङ्क आउन बाँकी रहेको बताए । काउन्सिलमा ८२ हजार ४७१ जना नर्स दर्ता छन् । तीमध्ये ४० हजारभन्दा बढीले विदेश जानका लागि ‘भेरिफिकेसन लेटर’ लिएका छन् ।

अध्यक्ष केसीका अनुसार २०६९ सालमा ११५ जनाले विदेश जान ‘भेरिफिकेसन’ लिएका थिए । यो सङ्ख्या २०७९ मा छ हजार आठ जना र २०८० मा आठ हजार १६३ जना पुगेको छ । 

काउन्सिलका अनुसार अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३७० नर्सले भेरिफिकेसनपत्र लिएका छन् । यस्तै अस्ट्रेलियाका लागि ११ हजार २८९, दुबईका लागि दुई हजार ८०४, डेनमार्कका लागि ६४७, बेलायतका लागि ६८५, क्यानडा ४६१, न्युजिल्यान्ड १७७, आयरल्यान्ड ८६, कतार ३८६, कुबेत २६८, संयुक्त राष्ट्रसङ्घीय मिसन २१७, जर्मन ३६, भारत ३५, फिनल्यान्ड आठ, माल्दिभ्स ३०, हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन लेटर’ लिएका छन् । 

प्रमाणीकरण नगरी जाने उत्तिकै

काउन्सिलकी अध्यक्ष केसीले काउन्सिलमा भेरिफिकेसन नगरी विदेश जाने नर्सको सङ्ख्या प्रशस्त रहेको बताए । साउदीमा आठ सय नर्समा कसैले पनि भेरिफिकेसन नलिएको जानकारी दिए । नेपाली नर्स बर्सेनि आठ हजारभन्दा बढी बिदेसिनु नेपालका लागि राम्रो नभएको भन्दै उहाँले नेपालमा राज्यले सेवा सुविधा दिन नसक्दा नर्सहरू विदेश जाने गरेको बताए । 

साउदी सबैभन्दा आकर्षक

खाडीमा नेपाली नर्सको सबैभन्दा बढी आकर्षण साउदीमा छ । त्यहाँ अस्पतालमा काम गर्न पाउने, निःशुल्क जान पाउने, अनुभव नचाहिने, खान र बस्ने सुविधाले साउदी जान नेपाली नर्स आकर्षित भएका हुन् । साउदी जाने नर्स व्यक्तिगत रूपमै जान्छन् । 

उनीहरूलाई नर्सिङ काउन्सिलको भेरिफिकेसनको आवश्यकता पर्दैन । अस्पताललाई शङ्का लागेको अवस्थामा मात्र भेरिफिकेसनका लागि पठाउने गरेको छ । साउदीमा स्नातक गरेर गएका नर्सलाई अनुभव चाहिँदैन ।

खाडीमा जाने नर्सहरू म्यानपावर कम्पनीमार्फत जाने गरेका छन् । विगत तीन वर्षमा आठ सयभन्दा बढी नर्सलाई खाडी मुलुक पठाएको दाबी गर्ने एक म्यानपावर कम्पनीका अनुसार सुरुमै दुई लाख २० हजार रुपियाँ तलब हुन्छ । 

यस्तै पिसिएल गरेर गएका नर्सलाई भने एक वर्षको अनुभव हुनुपर्ने तलब एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपियाँसम्म हुने गर्दछ । खान र बस्न अस्पतालले दिने हुँदा त्यहाँ काम गर्ने नर्सलाई सहज छ । 

साउदीको डाक्टर सुलेमान अल हबी अस्पतालमा मात्र तीन सय नेपाली नर्स कार्यरत छन् । त्योबाहेक अलमवासात अस्पतालमा ५० जना, ओजन मेडिकल गु्रपमा ९० जना नेपाली छन् । अन्य अस्पतालमा नेपाली नर्स कार्यरत छन् । 

खाडी देशमध्ये आठ सय नर्स साउदीमा मात्र कार्यरत छन् । कतार तथा दुबईमा तीन सयदेखि चार सय नर्स कार्यरत छन् । दुबईमा होम केएरमा बढी नेपाली नर्स कार्यरत छन् ।  यो समाचार गोरखापत्र दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending