Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासको खाँचो

खबरडबली संवाददाता

ललितपुर । ऊर्जालाई किफायती तवरले प्रयोग गरी ऊर्जाको खपत कम गर्न, ऊर्जाको आयात कम गर्न, ऊर्जाको पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न तथा ऊर्जा सुरक्षामा वृद्धि गर्न ऊर्जा दक्षतामा जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा यहाँ सम्पन्न सरोकारवादाहरुबीच ‘ऊर्जा दक्षतासम्बन्धी क्रियाकलापहरुको समन्वय, योजना र कार्यान्वयन अवधारणा’ विषयक दुईदिने कार्यशालामा सहभागीहरुले सबै जनतामा ऊर्जाको समुचित पहुँच तथा ऊर्जा सुरक्षामा योगदानबाट मात्रै देशले ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासबाट मात्रै फड्को मार्ने गर्न सक्ने धारणा राखेका थिए । 

कार्यशालामा ऊर्जा दक्षतासम्बन्धी कार्यहरु अझ चुस्तदरुस्त रुपमा अगाडि बढाउन सरकारले ल्याएको राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ कार्यान्वयनमा सरकारी निकाय, प्राज्ञिक, निजी तथा वित्तीय क्षेत्र र मिडियाका प्रतिनिधिहरुले प्रस्तुति दिएका थिए । राष्ट्रिय ऊर्जा दक्षता रणनीतिको प्रमुख लक्ष्य ऊर्जा दक्षतामा वार्षिक सुधारको औसत दरलाई सन् २०३० सम्ममा दुई गुणा पु¥याउने रहेको छ, जुन गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा पनि घोषणा भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ सालमा जारी गरेको श्वेतपत्रमा पनि ऊर्जा दक्षता तथा ऊर्जा सुरक्षालाई महत्वपूर्ण रुपमा उठान गरेको छ । सो श्वेतपत्रले स्पष्ट रुपमा सङ्घ, प्रदेश र स्थानीय तहमा ऊर्जा दक्षता कार्यान्वयन गर्नका लागि मार्गदर्शन समेत गरेको छ । त्यस्तै, औद्योगिक विकासमा टेवा पु¥याउनाका साथै ऊर्जा दक्षताको प्रवद्र्धनका लागि औद्योगिक व्यवसाय ऐन, २०७६ कार्यान्वयनमा रहेको छ । अन्तर्राष्ट्रिय विकास सहायता नीति २०७६ ले पनि अन्तर्राष्ट्रिय विकास सहायता परिचालन एकद्वार प्रणालीमार्फत अवलम्वन गर्नु पर्ने व्यवस्था गरेको छ । 

हालै सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा पनि ऊर्जा दक्ष उपकरणहरु प्रयोग र ऊर्जा दक्ष भवनका निर्माणमा जोड दिइएको छ । समग्र क्षेत्रहरुमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका आयामहरुको कानुनी ब्यवस्था गर्न ल्याउन लागिएको नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र संरक्षण विधेयकमा पनि नवीकरणीय ऊर्जा, ऊर्जा दक्षतासम्बन्धी दीर्घकालीन लक्ष्यहरु प्राप्त गर्न तथा समुचित स्रोत र साधनको विनियोजनको व्यवस्था गरिएको छ । यी विभिन्न कानुनी तथा नीतिगत व्यवस्थाअनुसार आगामी दिनमा ऊर्जा दक्षताका क्षेत्रमा गरिने कार्यका बारेमा सहभागीहरुले विभिन्न सुझाव दिएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले समग्र देशको औद्योगिक विकास, व्यापार तथा रोजगारको सिर्जना गरी गरिबी न्यूनीकरण गर्न ऊर्जाको महत्वपूर्ण भूमिका रहेको बताउँदै ऊर्जा दक्षतासम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल सरकारले हाम्रो मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई जिम्मेवार निकाय तोकिएको जानकारी दिए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा सन् १९८० को दशकदेखि नै ऊर्जा दक्षताका काम सुरु भए पनि सन् २०१८ मा रणनीति लागू भएपछि धेरै काम हुन सकेको उल्लेख गर्दै नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र संरक्षण विधेयक संसद्बाट पारित भएपछि यस क्षेत्रमा मुलुकले धेरै फड्को मार्न सक्ने विश्वास व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending