काठमाडौँ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिराजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सरकारसँग आग्रह गरेको छन् ।
आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद सापकोटाले सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीको बाढी पीडितले हालसम्म राहत रकम पाउन नसकेको उल्लेख गर्दै समयमै उपलब्ध गराउन सरकारसँग माग गरे ।
“हामी मनसुनको पूर्वसन्धामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उनले भने, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।”
सरकारले आगामी वर्षको बजेट वक्तव्यमा दिगो विकास र जलवायु परिवर्तनलाई प्रथामिकता दिनु स्वागतयोग्य रहेको सांसद सापकोटाको भनाइ छ । सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले यसले जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुगेको उनले बताए। “जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रदेखि समुन्द्र सतहसम्मको मानव जीवनमा असर गरेको छ,” उनले भने, “जलवायु परिवर्तन न्यूनीकरणकोे अभियानमा नलागे मानव जीवन झन जोखिममा पर्छ ।”
आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने तथा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख छ । सांसद सापकोटाले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई निरन्तरता दिइने कुरा स्वागतयोग्य भएको उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...




प्रतिकृया लेख्नुहोस्: