Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

उच्च अदालतको आदेश अटेर गर्दै हेटौंडा उपमहानगरपालिका

खबरडबली संवाददाता

हेटौंडा । उच्च अदालत पाटनको हेटौंडा इजलासले सडककिनारमा फलामे रेलिङ राख्ने कार्य बुधबारसम्म रोक्न भने पनि हेटौंडा उपमहानगरपालिकाले उक्त आदेश सुनावाइ नै गरेन ।

उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतमसेढाईंको एकल इजलासले शुक्रबार जेठ २३ गतेसम्म निवदेकहरुको जग्गाघरमा प्रवेश गर्न असर पर्ने गरी फलामे पोल, फलामे रेलिङ लगाउने कार्य नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले दलबल प्रयोग गरेर शनिबार विहान उक्त सडककिनारमा रेलिङ राख्ने काम गरेको हो । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा-१० ले उक्त सडककिनारमा रेलिङ राख्ने काम सुरु गरेपछि स्थानीय र व्यवसायीले व्यवसाय तथा घरमा प्रवेशमा असर पुग्ने भन्दै विरोध जनाउँदै अदालतसम्म पुगेका थिए । स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्नरनगराउन अल्पकालीन आदेश दिएको थियो ।

वडाध्यक्ष फुर्वा दोर्जेलामा शनिबार विहान दलबलसहित उपस्थिति भएर अदालतको आदेशलाई बेवास्ता गर्दै रेलिङको काम गरेका हुन् । अदालतको आदेशको अपहेलना गरेकोप्रति स्थानीयले आक्रोश पोखेका छन् । कानुनी राज्यबाट कानुन उलंघन भएपछि न्यायको आश मारेको भन्दै स्थानीयले दुःखेसो गरेका छन् ।

वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

वडा कार्यालयले सडककिनारमा फलामे बार राख्न सुरु गरेको हो । स्थानीयले फलामे बार निर्माण गर्दा आफ्नो घर छिर्ने बाटो अवरुद्ध हुने र पसल व्यवसायमा समेत असर पुग्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनीहरुले कुनै निर्माण कार्य अघि बढाउ“दा स्थानीयको सहमति लिएरमात्र गर्नुपर्ने माग राखेका छन् । कुनै सूचना, टेन्डर तथा कोटेसन ननिकाली टीसीएन क्षेत्रको आवश्यकताविपरीत बजेट दुरुपयोग गर्ने उद्धेश्यसाथ वडा कार्यालयले फलामे बार निर्माण गरेको आरोप उनीहरुको छ ।

अदालतको आदेशपत्र आफूलाई प्राप्त नभएको वडाध्यक्ष लामाले बताए । ॅमैले कसैको घरजग्गामा रेलिङ राखेको होइन, सडकमा हालेको हु“,’ उनले भने(स्थानीयहरुलाई अवरोध गरेको छैन, सडकपेटीमा हि“ड्ने पैदलयात्रुको सुरक्षाका लागि राखिएको हो । सडकको दाया“बाया“ फलामे बार निर्माण कार्य रोक्न स्थानीय घरधनी तथा व्यवसायीले माग गरे पनि उनले रेलिङ राख्ने काम सम्पन्न भएको जानकारी गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिब्यक्तिको प्रस्टीकरण दिएका छन् । प्रधानमन्त्री क...

बिआरआइका कारण कांग्रेस एमालेमा बिबाद छैन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पा...

पक्की पुल निर्माण सुरु भएको ९ वर्षपछि बेलिब्रिज जडान

धादिङ । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । ...

पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहरूसँग प्रधानमन्त्रीको सामुहिक छलफल, चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्री...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं।  मन्त्री परिषदको बैठक बस्दैँछ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ ।  बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्...

छिमेकीलाइ ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल

काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व ...

बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताएको छन । सोमबार मधेश प्रदेशको रा...

चीन भ्रमणका विषयमा छलफल गर्न ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम किन गएनन ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।  आसन्न चीन भ...

इजरायलको जेलमा एघार हजारभन्दा बढी प्यालेस्टिनी

रामल्ला। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५...

भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार भौतिक रूपमा पत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy