काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ।
सोमबार राति दुवैबीच लामो समय छलफल भएको थियो। त्यसपछिको आजको भेटलाई निर्णायक छलफलका रूपमा हेरिएको छ। स्रोतका अनुसार रवि लामिछाने छलफलका लागि बालेन शाहलाई भेट्न ललितपुरको कुपोण्डोल जाने तयारीमा छन्।
यसअघि सोमबार राति कमलपोखरीमा भएको भेटमा यसपटक सरकारको नेतृत्व बालेन शाहले गर्ने र पार्टीको नेतृत्व आफूले सम्हाल्ने प्रस्ताव रवि लामिछानेले राखेको समाचार सार्वजनिक भएको थियो। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने प्रस्तावसमेत आएको थियो। ती विषयमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए।
आजको भेटमा यिनै विषयमा थप छलफल हुने स्रोतको भनाइ छ।
केही दिनयता बालेन शाहको राजनीतिक सक्रियता बढ्दै गएको देखिएको छ। रवि लामिछानेसँगको भेटपछि उनी विभिन्न राजनीतिक शक्ति, व्यक्तित्व तथा जेन–जी अभियन्ताहरूसँग निरन्तर छलफलमा जुटेका छन्।
आज बिहीबार मात्रै उनले ऊर्जा क्षेत्रका व्यक्तित्व कुलमान घिसिङलगायतसँग पनि छलफल गरेका छन्। रविसँगको छलफल निष्कर्षमा नपुगेपछि बालेन शाह आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा सक्रिय भएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...




प्रतिकृया लेख्नुहोस्: