काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ।
सोमबार राति दुवैबीच लामो समय छलफल भएको थियो। त्यसपछिको आजको भेटलाई निर्णायक छलफलका रूपमा हेरिएको छ। स्रोतका अनुसार रवि लामिछाने छलफलका लागि बालेन शाहलाई भेट्न ललितपुरको कुपोण्डोल जाने तयारीमा छन्।
यसअघि सोमबार राति कमलपोखरीमा भएको भेटमा यसपटक सरकारको नेतृत्व बालेन शाहले गर्ने र पार्टीको नेतृत्व आफूले सम्हाल्ने प्रस्ताव रवि लामिछानेले राखेको समाचार सार्वजनिक भएको थियो। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने प्रस्तावसमेत आएको थियो। ती विषयमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए।
आजको भेटमा यिनै विषयमा थप छलफल हुने स्रोतको भनाइ छ।
केही दिनयता बालेन शाहको राजनीतिक सक्रियता बढ्दै गएको देखिएको छ। रवि लामिछानेसँगको भेटपछि उनी विभिन्न राजनीतिक शक्ति, व्यक्तित्व तथा जेन–जी अभियन्ताहरूसँग निरन्तर छलफलमा जुटेका छन्।
आज बिहीबार मात्रै उनले ऊर्जा क्षेत्रका व्यक्तित्व कुलमान घिसिङलगायतसँग पनि छलफल गरेका छन्। रविसँगको छलफल निष्कर्षमा नपुगेपछि बालेन शाह आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा सक्रिय भएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: