बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।
ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै पाँच–सात वर्षसम्म पनि मार्तडी कोल्टी सडक अझैँ कालोपत्रे हुन नसकेको स्थानीय बताउछन् ।
सडक कालोपेत्र नहुँदा जोखिम पूर्ण यात्रा गर्नुपरेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताए।
उनले भने, “मार्तडी–कोल्टी सडकमा अहिले सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यकताका लागि हामी जबरजस्ती गाडी सञ्चालन गर्ने गरेका छौँ ।”
सडक सञ्चालनमा आएपनि खाल्डाखुल्डीका कारण लामो दूरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताए।
२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।
मार्तडी बसपार्कदेखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।
यता मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भए पनि ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक भने अझैँ पीच हुन सकेको छैन ।
ठेकदारको लापरबाहीका कारण सडक निर्माणमा निकै ढिलाइ भएपछि अहिले मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधैँ सास्ती खेप्नु परेको छ ।
मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।
कोल्टीमा कात्तिकदेखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली गरी दुई वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने करिब १२ जनाभन्दा बढी यात्रु घाइते भएका थिए ।
आफुले अरुलाई जिम्मा दिएको र उनीहरुले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: