Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

खबरडबली संवाददाता

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।

ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै पाँच–सात वर्षसम्म पनि मार्तडी कोल्टी सडक अझैँ कालोपत्रे हुन नसकेको स्थानीय बताउछन् ।

सडक कालोपेत्र नहुँदा जोखिम पूर्ण यात्रा गर्नुपरेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताए।

उनले भने, “मार्तडी–कोल्टी सडकमा अहिले सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यकताका लागि हामी जबरजस्ती गाडी सञ्चालन गर्ने गरेका छौँ ।”

सडक सञ्चालनमा आएपनि खाल्डाखुल्डीका कारण लामो दूरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताए।

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भए पनि ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक भने अझैँ पीच हुन सकेको छैन ।

ठेकदारको लापरबाहीका कारण सडक निर्माणमा निकै ढिलाइ भएपछि अहिले मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधैँ सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।

कोल्टीमा कात्तिकदेखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली गरी दुई वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने करिब १२ जनाभन्दा बढी यात्रु घाइते भएका थिए ।

आफुले अरुलाई जिम्मा दिएको र उनीहरुले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

देशका चर्चित व्यक्तिहरू नशामा लट्ठिन्छन्, हाम्रा युवामा यस्तो प्रवृत्ति छैन: ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...

रवि लामिछाने र बालेन भित्र छलफलमा: गेटमा ताला लगाइदिएर सुदनले भने- सहमति नभएसम्म खोल्दैनौं

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

कुमार बेनको निवासमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending