Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्मीसँग भेटवार्ता गरेका छन्।

बालेनले बुधबार आफ्ना निकट मित्र कुमार बेनको ललितपुरस्थित निवासमा दिनभर छलफल गरेका हुन्। उक्त भेटघाटमा चिकित्सक डा। भगवान कोइराला, राप्रपाका नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए।

महानगरपालिकाका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको छलफलमा पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेन–जी अभियन्ता रक्षा बम, केपी खनालसँग पनि भेट भएको थियो। त्यस्तै, कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सुरजसिंह ठकुरी तथा पत्रकार ऋषि धमलासँग बालेनले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटघाटमा सहभागी पूर्वसचिव भीम उपाध्यायका अनुसार बैठकमा सामूहिक मात्र नभई एकल संवादसमेत भएका थिए। “भेटघाटबाट उहाँहरू चुनावमा जाने संकेत देखिन्छ,” उपाध्यायले भने, “सम्भावित उम्मेदवार र सहयात्री खोज्नका लागि यस्ता भेट भएको जस्तो लाग्यो।”

उपाध्यायले बालेन काठमाडौंको मेयरमा उम्मेदवार हुँदा आफूले सहयोग गरेको स्मरण गर्दै अहिले पनि वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा सहयोग गर्ने बताएका छन्। “म सक्रिय राजनीतिमा नलागे पनि बाहिर बसेर आवश्यक सहयोग गर्न तयार छु,” उनले भने।

भेटघाटका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार साँझ ७ बजेदेखि राति १ बजेसम्म भएको छलफलको विषयमा समेत जानकारी गराएका थिए। “रविजीसँग छलफल त भयो, तर ठोस प्रस्ताव आएन,” बालेनको भनाइ उद्धृत गर्दै उपाध्यायले भने, “अहिलेका लागि बेग्लै तरिकाले अघि बढ्ने कुरा भइरहेको छ।”

उनका अनुसार बालेनका सहयोगीले ‘देश विकास पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ। “भविष्यमा छुट्टै बाटोमा जानुपर्ने अवस्था आएमा यही पार्टी प्रयोग गर्ने भन्ने समझदारी थियो,” उनले बताए। उक्त पार्टी सुरुमा अनन्तराज घिमिरेको नाममा दर्ता भए पनि पछि बालेनका सहयोगीको नाममा नामसारी गरिएको थियो।

भेटघाटमा बालेनले रवि लामिछानेसँग चुनावी सहकार्यको सम्भावना खुला राखे पनि नयाँ ढंगले अघि बढ्ने निष्कर्षमा पुगेको बताएका थिए। “मिलेर जान सकिन्छ कि भन्ने कुरा उठ्यो, तर अरु ठोस विषयमा सहमति भएन,” बालेनको भनाइ उद्धृत गर्दै उनले भने।

बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार बालेनले अधिकांश सहभागीलाई पार्टी घोषणा गरेर अघि बढ्दा समर्थन रहने–नरहनेबारे सोधेका थिए। सो क्रममा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएको बालेनको सचिवालय स्रोतले जनाएको छ। बालेन पुराना दलका केही नयाँ अनुहारसँग समेत निरन्तर संवादमा रहेको सहभागीहरूले बताएका छन्।

यसअघि रास्वपा नेताहरूले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विकल्पबारे पनि छलफल गरेका थिए। तर, त्यसपछिको दिन चितवनमा पत्रकारहरूसँग कुरा गर्दै रवि लामिछानेले त्यो चरणमा त्यस्तो संवादमा प्रवेश नगरिएको बताएका थिए। उनले विभिन्न शक्तिसँग आ–आफ्नो तहमा छलफल भइरहेको स्पष्ट पारेका थिए।

भेटघाटका क्रममा बालेनले रविसँग चुनावी सहकार्यबारे थप छलफल हुनसक्ने भए पनि आफू लगभग नयाँ तरिकाले अघि बढ्ने निष्कर्षमा पुगेको सुनाएका छन् । ‘उहाँको प्रस्ताव मिलेर जाउँ भन्ने त भयो, तर अरु ठोस कुराहरु भएनन्,’ बालेनको भनाइ उदृत गर्दै उनले भने, ‘तर, अरु कतिपय कुरा हेर्दा त्यता मिल्न सकिने अवस्था नदेखिएको उहाँको भनाइ छ ।’

बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार, बालेनले अधिकांशलाई ‘मैले पार्टी घोषणा गरेर गएँ भने के हुन्छ रु तपाईंको समर्थन रहन्छ कि रहँदैन भनेर सोधेका थिए ?’ त्यस्तोमा भेटघाटमा सहभागी अधिकांशले सकारात्मक जवाफ दिएको बालेनको सचिवालयका एक सदस्यले बताए । बालेन पुराना राजनीतिक दलका केही नयाँ अनुहारसँग समेत निरन्तर संवादमा रहेको भेटघाटमा पुगेकाहरुले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक

दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...

यही गतिमा जनमत बढ्दै जाने हो भने कांग्रेस एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...

रास्वपाको नागरिक करारपत्र सार्वजनिक, भ्रष्टाचार नियन्त्रण, दलीयकरणको अन्त्य गर्न जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...

उज्यालो नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको प्रतिबद्धतासम्म

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...

एक हप्तामा १२३ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...

टी–२० विश्वकपबाट नेपाल बाहिरियो, वेस्ट इन्डिज सुपर आठमा

काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...

महाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...

ओली घरदैलोको लागि झापामा: बालेन केहिसमयपछि आउँदै, सुरक्षा व्यवस्था कडा

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE