काठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर, यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।
सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन सोलिडारिटी विथ प्यालेस्टाइन’ नामक अभियान पनि सुरु गरेका छन् । तर, यो प्रतिबन्धपछि इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी पनि दिएको छ ।
राष्ट्रपति मोइज्जुले विपक्षी र सरकारी सहयोगीहरूको दबाबबीच यो कदम चालेका हुन् । इजरायली हमलामा गाजामा हजारौं सर्वसाधारण मारिएपछि विपक्षी र सहयोगीहरूले मालदिभ्सबाट इजरायलीहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
यसैबीच इजरायलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई माल्दिभ्स नजान आग्रह गर्दै माल्दिभ्समा रहेका इजरायली नागरिकलाई देश छाड्न चेतावनी दिएको छ । माल्दिभ्समा बसोबास गर्ने इजरायली नागरिकहरूलाई कुनै कारणले समस्या परेमा उनीहरूलाई मद्दत गर्न गाह्रो हुने भएकाले देश छोड्ने विचार गर्न सल्लाह दिएको छ ।
माल्दिभ्स–इजरायल सम्बन्धलाई सामान्य बनाउने प्रयास २०१२ मा समाप्त भएको थियो ।
जानकारीका अनुसार माल्दिभ्सले सन् १९९० को सुरुमा इजरायली नागरिकमाथिको पुरानो प्रतिबन्ध हटाएको थियो । कूटनीतिक सम्बन्ध पनि २०१० मा पुनर्स्थापित भएको थियो । तर, सन् २०१२ मा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई सत्ताबाट हटाएपछि सम्बन्ध सामान्य बनाउने प्रयास पनि समाप्त भयो ।
माल्दिभ्सको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो । गाजा युद्धले माल्दिभ्सको पर्यटनलाई पनि असर गरेको छ । यस वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा गत वर्षको तुलनामा इजरायलको पर्यटनमा ८८ प्रतिशतले कमी आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - ११:४१
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावास यूएई ले त्यहाँ विकसित भइरहेको परिस्थितिका सन्दर्भमा यूएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली सम...
फाल्गुन १७ गते, २०८२ - ११:२८
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २०...
फाल्गुन १७ गते, २०८२ - ११:२१
सल्यान। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ। जिल्ला प्...
फाल्गुन १७ गते, २०८२ - ११:१५
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १८ गते मनाइने होली पर्वमा उम्मेदवार र राजनीतिक दलको चिह्न अंकित कपडा र कपडाजन्य सामग्री प्रयोगमा प्रतिबन्...
फाल्गुन १६ गते, २०८२ - १८:०८
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्ष...
फाल्गुन १६ गते, २०८२ - १७:४०
विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहेका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता ...
फाल्गुन १६ गते, २०८२ - १७:३०
काठमाडौं । इरानको होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ। दक्षिणी इरा...
फाल्गुन १६ गते, २०८२ - १७:१५
काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्...
फाल्गुन १६ गते, २०८२ - १७:०७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन्।...
फाल्गुन १६ गते, २०८२ - १५:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार ...



प्रतिकृया लेख्नुहोस्: