Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

आजदेखि पूर्णरूपमा सञ्चालनमा आयाे कान्तिलोकपथ

खबरडबली संवाददाता

ललितपुर । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा  सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो ।  

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए । “ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ” उनले भने ।

वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । 

विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो ।  

यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती सहित किनमेलमा हिँडेका प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बक...

प्रधानमन्त्रीले दिए क्रिकेट विजेतालाई बधाई

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।  ‘आजको खेलमा सुदूरपश्चि...

तीर्थयात्री लिएर काठमाडाैं आउँदै गरेको कारमा आगलागी

नवलपरासी । भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्...

बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ब...

ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घा...

एनपीएल विजेतालाई माओवादी अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल...

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।  साथै उनल...

कांग्रेसलाई युग सुहाउँदो बनाउने नेता कोइरालाको उद्घोष

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा‍. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनि...

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु

काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ ...

किरात समुदायको टुँडिखेलमा साकेला उधौली

काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्। किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy