रौतहट । रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० देखि ४० हजारसम्म खर्च लाग्छ भनेर सयौं मानिसलाई ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो।
पक्राउ पर्नेमा माधवनारायण-७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, प्रकाश माझी, गरुडा नगरपालिका-६ का ४० वर्षीय राकेश महरा, ९ नम्बर वडाका का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ की रामकली देवी, वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसी एलिजा गिरीले बताएकी छिन्।
उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्। गिरोहले बागमती किनारमा रहेको रजावाडा गाँउका एक सय भन्दा बढी सोझा परिवारको घर बनाउने योजना देखाएर ५० औं लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा डिएस्पी गिरीले जानकारी दिएकी छिन्।
यसैबीच, सता पक्षका एक जना कथित ठूला नेताले आरोपीलाई छोड्न रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई आइतबार दवाब दिएका थिए।
तर एसपी घिमिरे भने आफ्नो अडान अथवा न्यायको पक्षबाट हटेनन्। पीडितको पक्षमा खुलेरै जवाफ दिएका थिए।
उनले कथित ठूला नेतालाई भनेका थिए, ‘तपाईंले जिल्ला प्रहरी कार्यालयमा आएर पीडितको पैसा तिर्ने कागज गरेपछि मात्रै आरोपीलाई छोड्छु।’
त्यसपछि ती नेताल् हरेश खाएका थिए। एसपी घिमिरेको यो कदमको जिल्ला बासीले खुलेरै सराहना गरेका छन्।
रौतहट प्रहरी प्रमुखको रूपमा एसपी घिमिरे आएदेखि जिल्लामा आपराधिक क्रियाकलाप, चोरी तस्करी, तुलनात्मक रूपमा काम हुनुका साथै विभिन्न सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: