काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएको छन् ।
बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारगारमा हाल पाँच सय कैदी राखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थान नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए।
सांसद तारा लामातामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, “जिल्ला उखु अनुदान भुक्तानी समितिले २०८० भदौदेखि उखुको अनुदान रकम माग गर्दै आएकामा हालसम्म केन्द्रबाट भुक्तानी नभएकाले यथाशीघ्र उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन यस सदनबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
अर्का सांसद तेजुलाल चौधरीले गए राति सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ४ सुरुङ्गा नगरपालिका–३ स्थित मौलिया भन्ने गाउँमा निश्चल चौधरीको घरमा लुटपाट भएको तथा त्यहाँ रु २० लाख बराबरको धनमाल लुटिएको जानकारी दिँदै आपराधिक गतिविधि नियन्त्रणका निम्ति सरकारको ध्यानाकर्षण गराए । सांसद चौधरीले भने, “तराई मधेसमा ४० देखि ४५ डिग्रीसम्म तामक्रम बढिरहेको छ, अर्कोतर्फ नेपालको विद्युत् प्राधिकरण व्यापक रुपमा विद्युत् कटौती गरिरहेको छ, त्यसो गर्दा स्थानीयको जीवन कष्टकर बन्दै गएको छ, सरकारसँग विद्युत् कटौती नगर्न अनुरोध गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...




प्रतिकृया लेख्नुहोस्: